प्रहरी नायव उपरिक्षक राना मगरलाई उदपुरमा स्वागत तथा अभिनन्दन

Read Time:2 Minute, 52 Second
इश्वर बलम्पाकी मगर

माघ २५ , उदयपुर – जिल्ला प्रहरी कार्यल उदयपुरका प्रहरी नायव उपरिक्षक ओम बहादुर राना मगरलाई उदपुरमा स्वागत तथा अभिनन्दन गरीएको छ ।

  नेपाल मगरसंघ जिल्ला कार्यसमिती उदयपुरले सोमबार परिचयात्मक तथा स्वागत कार्यक्रमको आयोजना गरी अविर र दोसल्ला ओढाई अभिनन्दन गरेको हो । मगर समुदायको व्यक्ति प्रहरी नायव उपरिक्षक जस्तो गरिमामय पदमा पुगेको भन्दै अभिनन्दन गरीएको हो । रानालाई मगरसंघ उदयपुरका अध्यक्ष केशव मगरले अभिनन्दन पत्र र दोसल्ला ओढाई स्वागत तथा सम्मान गर्नु भएको हो ।

स्वागत कार्यक्रममा बोल्नु हुदै प्रहरी नायव उपरिक्षक ओम राना मगरले मगर समुदायका युवा लाई शिक्षामा जोड दिन आग्रह गर्नु भएको छ । वहाले मगर समुदायको अधिकांश युवाहरु बैदेशिक रोजगारीमा पलाएन भएको बताउनु हुदै यो समय प्रतिष्पर्धाको समय भएकाले शिक्षामा जोडदिन आग्रह गर्नु भएको हो यस्तै कतीपय युवामा सुचनाको पंहुच नहुदा अवसरबाट बन्चित हुनुपरेको बताउनुहुदै अब युवामा सुचना जानकारीको लागी मगर युवा संघ तथा मगर बिद्यार्थी संघले मगर बिद्यार्थीहरुको तथ्याङ्क संकलन गरी उनीहरुमा थप चेतनामुलक कार्यक्रम गर्न आबस्याक हरेको बताउनुभयो यस्तै थप प्रसंगमा उहाले बिश्व अहिले बिज्ञानको युग भएकोले अहिले सन्सारभरका खबरबाट सेकेन्ड सेकेन्डमा मान्छे अपडेट भइरहंदा नेपालको युवा त्यसमा पनी आदीबासी जनजाती युवाहरु सहि सुनाको पंहुचमा नहुंदा उनीहरु अवसरबाट बन्चित हुनुपरेको बताउनुभयो   ।

त्यस्तै कार्यक्रममा कार्यक्रमका सभाध्यक्ष तथा मगरसंघ उदयपुरका अध्यक्ष केशव मगरले जिल्लामा जातीय विभेदकै कारण प्रहरीमा दर्ताहुने हरेक मुद्धाहरुमा आफ्नो पहुच नपुगेको कारण ढिला मुद्धा दर्ताहुने गुनासो गर्नु भएको छ । झिगु नेवा पुचको भवनमा आयोजना गरीएको कार्यक्रममा विभिन्न जातीसंगठनका प्रमुख तथा प्रतिनिधी, मगर भातृसंगठनका प्रमुख तथा प्रतिनीधि, बुद्धिजीवी, नागरीक समाज, पत्रकार लगाएतको उपस्थिती रहेको थियो
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %