इजरायलमा कार्यरत नेपालीबाट धादिङका ९ विद्यालयलाई ९ लाख ७२ हजार सहयोग रकम हस्तान्तरण

Read Time:3 Minute, 1 Second
माया घलेमगर/इजरायल

इजरायलमा कार्यरत नेपालीहरुले धादिङ जिल्लाका भुकम्पले क्षतिग्रस्त र अझैसम्म पनि सहयोग पुग्न नसकेका नौ विद्यालयहरुलाई मर्मत सम्भार र पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरेका छन ।
  रोजगारीको सिलसिलामा इजरायलमा रहेका  नेपालीहरुले यस अघि नै भुकम्प पिडित सहयोग अभियान सन्चालन गरि चरणबद्ध रुपमा भुकम्पले अति प्रभावित विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएका थिए । कर्मले संसारको जुनसुकै कुनामा पुगेपनि आफ्नो जन्मभूमि जन्मस्थानको सेवा गर्नु हाम्रो कर्तव्य हो भन्दै थालिएको सो अभियानमा संकलन गरिएको ९ लाख ७२ हजार रुपैयाँ मिति २०७२-१०-१८ गते रुपनाथ त्रिपाठी र पवन सिल्वाल मार्फत धादिङ जिल्लाका जिल्ला शिक्षा अधिकारी गणेश ढकालज्युबाट सम्बन्धित विद्यालयका प्रतिनिधिहरुलाई उपस्थित गराई प्रत्येक विद्यालयलाई क्रमश १ लाख ८ हजारका दरले हस्तान्तरण गरिएको थियो ।
 
सहयोग प्राप्त गर्ने विद्यालयहरुमा श्री सातथर निम्न माध्यमिक विद्यालय बुढाथुम (प्र. अ. बडानन्द रेग्मी ) , श्री तिनकन्या प्राथमिक विद्यालय कल्लेरी (प्र.अ. तेजराज सिंखडा ) , श्री शान्ति प्राथमिक विद्यालय सेम्जोङ (प्र.अ. लीला तामाङ ), श्री सरस्वति प्राथमिक विद्यालय मूलपानी (प्र.अ. शान्ति थापा), श्री जलजले भञ्ज्याङ प्राथमिक विद्यालय खहरे (प्र.अ.लक्ष्मीप्रसाद पाण्डे ), श्री सुन्दर प्राथमिक विद्यालय गजुरी (प्र.अ. लक्ष्मी अधिकारी ), श्री जनसेवा निम्न माध्यमिक विद्यालय गोगनपानी (प्र.अ. राजकुमार गुरुङ ), श्री मालिका प्राथमिक विद्यालय सलाङ (प्र.अ. एकबहादुर थापामगर ) र श्री सिमलगैरी निम्न माध्यमिक विद्यालय चैनपुर (प्र.अ. उदय सामरी ) रहेका छन् ।

कार्यक्रममा इजरायलबाट प्राप्त सहयोग रकम विद्यालयहरुले सम्बन्धित उद्देश्यका लागि खर्च गरि प्रतिवेदन पेश गर्ने शर्त अनुसारको सम्झौतापत्रमा जिल्ला शिक्षा अधिकारीको रोहबरमा दुवै पक्षका बीच हस्ताक्षर गरिएको थियो
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %