धर्म छन्त्याल
काठमान्डु,माघ २४ – राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपालका केन्द्रिय उपाध्यक्ष तथा माननिय सांसद शिमा बि.कलाई मातृशोक परेको छ ।
रुपन्देहि जिल्ला,तिलोत्तमा नगरपालिका वार्ड नं. ९ भलबाणीमा श्रीमान पृतिमान सुभाष संग बस्दै आएका स्व. श्रीमती माया देबी बि.क.लामो समय देखि रक्तचाप,मधुमेह र फोक्सोको क्यान्सर जस्ता रोग बाट ग्रसित थिए । उनको उपचारको क्रममा हिजो राती १० बजे ललितपुर उपनगरपालीकाको सुमेरु अस्पतालमा ५८ बर्षको उमेरमा निधन भएको हो । बि.क २०१४सालमा भारतको बनारसमा जन्मेका थिए ।स्व. बि.कको श्रीमान पृतिमान सुभाष , तिन छोरी शिमा,अनिता बि.क र मनिषा पौड्याल छन ।
मृतक बिकलाई राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपालका केन्द्रिय अध्यक्ष तथा बिज्ञान र प्रबिधी मन्त्री माननिय शिबलाल थापा मगरले प्राथीब सरिरलाइ माला लगाइ संम्बेदना प्रकट गर्दै श्रद्धाञ्जली प्रकट गर्नेहरुमा पार्टीका महासचिब चन्द्र श्रीस,उपमहासचिब देब दुरा,केन्द्रिय सदश्य लगायत उनका शुभ चिन्तकहरु समेत थिए ।
आजै उनको प्राथीब सरिरलाइ पशुपति आर्यघाटमा तिनैजना छोरीहरु बाट दागबत्ती दिइ परम्परा धर्मसस्कृति अनुसार बिजुली द्धवारा दाहसस्कार गरियो ।
