पाल्पा कांग्रेस अधिवेशन

Read Time:7 Minute, 25 Second

देब पचभैया

पाल्पा, २३ माघ – नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा भाग लिने प्रतिनिधिको निर्वाचनको लागी  पाल्पाका  पाल्पाका नेपाली कांग्रेसका पार्टी सभापति वीरबहादुर राना र कांग्रेस केन्द्रिय सदस्य राजन पन्तको मनमुटाबका कारण क्षेत्रीय अधिवेशनमा प्रायः सबै पदमा देउवा पक्षले जित हासिल गर्न सफल भएको छ ।

राजन पन्तले बनाएको समीकरणलाई पुरै चिर्दै सांसद हरिप्रसाद नेपाल, विमल ढकाल, बीरबहादुर राना र रमण थापाले बनाएको समीकरणले जित हासिल गरेको हो । पाल्पामा पाल्पा क्षेत्र नम्बर ३ का सांसद नेपाल र सभापति राना बिच कार्यगत एकता भएपनि देउवा पक्षको बर्चश्व जमाएको छ । नयाँ समिकरणले गर्दा सभापतिका उम्मेदवार वर्तमान सचिव माधव नेपाल महाधिवेशन प्रतिनिधिमै आउन सक्नु भएन । पार्टी उपसभापति कृष्णप्रसाद अधिकारीसमेत महाधिवेशन प्रतिनिधिमै निर्वाचित हुन सक्नु भएन ।

क्ष्ँोत्रीय समिति निर्वाचन अन्तर्गत क्षेत्र नम्बर १ मा सन्तोष थापा सभापति, सचिव ज्ञानप्रसाद अर्याल, कोषाध्यक्ष खमबहादुर सोमै निर्वाचित भएका छन् । क्षेत्रिय कार्यसमितिको सदस्यमा किशोर पंगेनी, जिवन कालुङ, भरतसिं सिंजाली, भिम बहादुर सुनार, युवराज पौडेल, रिता गौतम, बालकृष्ण पंगेनी, विष्णु कुमार थापा, र सुर्यप्रसाद पोखरेललाई निर्विरोध चयन गरेको छ ।

जनजाति तर्फ रामप्रसाद श्रेष्ठलाई निर्विरोध महाधिवेशनमा चयन गरेको हो । खुल्ला ६ सिट मध्ये रमण बहादुर थापा, देवराज ढकाल, दानबहादुर पछाई, विजयराज घिमिरे, ज्ञानबहादुर गाहा, लक्ष्मण बस्याल निर्वाचित भएका छन् । प्रतिनिधिमध्ये महिलातर्फ २ सिटका लागि भएको मतदानमा विष्णुमायाँ भट्टराई ढकाल र रुपा वि.क., दलिततर्फ अर्जुन विक, अल्पसंख्यक मुस्लिम तर्फ हजिलदिन मियाँ विजयी हुनु भएको छ । क्षेत्रनम्बर १ मा महाधिवेशन प्रतिनिधिकालागि कृष्णप्रसाद अधिकारी, पूर्णकुमार सोती, कल्प पौडेल, शिवप्रसाद देवकोटा, कृष्णप्रसाद शर्मा पौडेल, रामप्रसाद भट्टराईले उम्मदेवारी दिनु भएको थियो । यस्तै, महिलातर्फ २०७० सालको संविधानसभाको क्षेत्र नम्बर १ को उम्मेदवार सीता पाण्डेय देवकोटा र चन्द्रकला पंगेनीलेमसते उम्मदेवारी दिनु भएको थियो । त्यस्तै दलिततर्फ एकबहादुर नेपाली र अल्पसंख्यकमा मकबुल मियाँको पनि उम्मेदवारी थियो । अधिवेशनमा क्षेत्र नं. १ पाल्पाका १७ गाँउ विकास समिति र १ नगरपालिकाका क्षेत्रिय प्रतिनिधि र सभापतिहरुको सहभागिता रहेको थियो । विभिन्न पदका लागी भएको मतदान प्रक्रियामा २४१ जना प्रतिनिधि मध्ये २ सय ३३ जनाले मतदान गरेका थिए ।

यस्तै क्षेत्र नम्बर २ को सभापतिमा कृष्णप्रसाद बस्याल निर्विरोध हुन भएको छ भने सचिव धातानन्द बस्याल, कोषाध्यक्ष विष्णु गाहा सर्वसम्मत हुनु भएको छ । यस्तै सदस्यहरुमा डिल्लीराज रेग्मी, दमबहादुर कार्की, शम्भु ढुंगाना, कृष्णप्रसाद बस्याल, डिलमाया सिंजाली, नरेश घिमिरे, सन्तोष शेरचन र मुना ढकाल विजयी भएका छन् । यस्तै महाधिवेशन प्रतिनिधि खुल्लातर्फ बीरबहादुर राना, यमलाल तिमिल्सेना, झपेन्द्र गहिरे, केशवराज शर्मा, विष्णुहरि आचार्य, कृष्णबहादुर राना विजयी हुनु भएको छ । खुल्लातर्फ गम्भीरजंग कार्की, माधव नेपाल, सरस्वती प्रसाद बस्याल, शंकर खनाल र नारायण कोइरालासमेत प्रतिष्पर्धामा थिए । यस्तै महिलातर्फ शारदा नेपाल, दलिततर्फ रामचन्द विक र ओमप्रकाश विश्वकर्मा महिला खुल्लातर्फ सुनिता अधिकारी र बसन्ती घिमिरे, आदिवासी जनजातितर्फ जुद्धबहादुर थापा, दलिततर्फ विष्णु बहादुर बम्रेल र अल्पसंख्यकमा जिराबहादुर कुमाल विजयी हुनुभएको छ ।

पाल्पा क्षेत्र नम्बर ३ को महाधिवेशन प्रतिनिधिमा विमल ढकाल, अजयमान कर्माचार्य, देबी भट्टराई, मेघराज पौडेल, हिमालदत्त श्रेष्ठ निर्वाचित भएका छन् । जनजातितर्फ नलबहादुर राना, दलितमा भरत परियार, अल्पसंख्यकमा जंगबहादुर केसी, महिलातर्फ सीता नेपाल र जमिला मिया निर्वाचित भएका छन् । खुल्लातर्फ विद्यान श्रेष्ठ, शिवचन्द्र खनाल, रेवन्त कार्की, डा. रामप्रसाद ज्ञवाली, भानुभक्त पाण्डेय, विष्णु पोखरेल, खिमानन्द बस्यालसमेत प्रतिष्पर्धामा थिए ।

यस्तै जनजातिमा राजेन्द्रगोपाल सिंह, दलिततर्फ लक्ष्मण हिताङ्ग, महिलामा केशमाया जोशी र लालकुमारी राना पनि प्रतिष्पर्धामा थिए । जिल्ला सभापतिको उम्मेदवार घोषणा गरिसकेका राजेन्द्रगोपाल सिंह, १२ औं महाधिवेसन प्रतिनिधि विद्यान श्रेष्ठसमेत पराजित हुनु भयो । पूराना कांग्रेसी नेता डा. ज्ञवालीसमेत पराजित हुनुभयो ।  क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा रामबहादुर कार्की, सचिवमा अशोक घिमिरे, कोषाध्यक्ष प्रदिप उदय निर्वाचित हुनभएको छ । यादवसिंह कार्की, चिन्तामणी रास्कोटी, सहविर दर्लामी, मीना खनाल, जनक गाहा, दिवाकर अर्याल, लक्ष्मणबहादुर रावल, हरिलाल पोखरेल, चन्द्रकला खनाल, सदस्यमा निर्वाचित हुनु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %