देब पचभैया
पाल्पा २३ माघ – पुर्ब प्रधानमन्त्री एबं एमाले बरिष्ठ नेता माधव कुमार नेपालले तराईको भुभाग लाई टुक्राएर देश लाई विखण्डन गर्ने गरी तयारी तिव्र रुपमा भईरहेको बताउनु भएको छ ।
नेकपा एमाले पाल्पाको जिल्ला स्तरीय कार्यकर्ता भेला लाई शनिबार तानसेनमा सम्वोधन गर्दै नेता नेपालले देश बाट तराई टुक्राउनको लागी विदेशीहरुले सहयोग र आर्सिवाद दिईरहेकाले तराई पहाड छुट्टिन नदिन एकजुट भएर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । संविधानले तराईका जनता लाई अधिकार बाट बञ्चित नगरेको बताउदै आन्दोलनरत मधेशी नेताहरुको मधेशी जनताप्रति कुनै माया ममता नभएको आरो लगाउनुभयो । देशलाई संघियतामा लैजादा ६ प्रदेश बाट ७ प्रदेश बनाउदा ठुलो गल्ती भएको उहाको भनाई छ ।
७ प्रदेश बाट ८ प्रदेश बनाउने प्रयास गरिएमा देशमा कहिल्यै नटुङ्गिने द्धन्द्धको घाउ रोपिने भएकाले एमाले अहिलेको संरचना तत्काल परिवर्तन गर्ने पक्षमा नभएको नेता नेपालले बताउनु भयो ।
एमाले पार्टी भित्रको गुटबन्दी अन्त्य गर्न आवश्यक रहेको भन्दै उहाले कार्यकर्तालाई उत्पादनशील क्षेत्रमा लाग्न सुझाव दिनु भयो । कृषिमा आधुनिकरण, जलविद्युतको विकास, यातायातको विस्तार तथा देशमा भएका सम्भावानालाई विकास गर्न सकेमा देश चॉडै समृद्ध बनाउन सकिने उहाको भनाई छ ।
कार्यकर्ता भेलामा एमाले सचिव पृथ्बी सुब्बा गुरुङ, उधोगमन्त्री सोम प्रसाद पाण्डे, केन्द्रिय सदस्य बैधनाथ चौधरी , ठाकुर गैरे, पाल्पा क्षेत्र नं १ का सासंद राधाकृष्ण कडेल लगायतले प्रशिक्षण दिनुभएको जिल्ला अध्यक्ष देबी बस्यालले जानकारी दिनुभयो ।
