जापानमा हुने प्रथम संयुक्त ल्होसार साँझ तयारी अन्तिम चरणमा

Read Time:1 Minute, 34 Second

शान्त पहरी ,टोकियो ।

बिनासकारी भूकम्पबाट प्रभावित बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘प्रथम संयुक्त ल्होसार साँझ २०१६ को तयारी अन्तिम चरणमा पुगेको छ ।

यहि फेब्रुअरी ७ तारिख साँझ ४ बजे मेगुरो कुमिन सेन्टर टोकियोमा हुने नेपाल आदिवासी जनजाति महासंघ जापानको आयोजनामा नेपालको भूकम्प पीडित बालबालिकाको शिक्षामा तथा जापानमा रहेका नेपाली संघ संस्थाहरुबीच आपसी सहयोग तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेलो जनजाति महासङघ जापानका अध्यक्ष पासाङ शेर्पा जानकारी दिनु भयो ।
कार्यक्रममा नेपालका ख्यातीप्राप्त कलाकारहरु नेपाल तारा प्रताप लामा, लोक गायक मिलन लामा, गायिका विष्णु चेम्जोङ लिम्बू, लोकगायिका कोपिला गुरुङलगायतको बेजोड प्रस्तुति रहने जनाएको छ ।
उक्त कार्यक्रम अहिलेसम्मका चलनचल्तीका भन्दा फरक र रोचक हुने भन्दै सहभागी हुन आयोजकले सम्पूर्ण जापानबासी नेपालीहरुलाई आग्रह गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %