माया घले मगर/इजरायल
इजरायल ,नेपाल आदिवासी जनजाती महासंघ इजरायलको गत बर्ष १९ जुन २०१५ (शुक्रबार) मा भएको प्रथम अधिवेशनबाट अध्यक्षमा चयन भएका सुवास राईले आफ्नो कार्य ब्यस्तका कारण राजीनाम दिएकोमा त्यसलाई स्वीकृत गर्दै संस्थाका प्रथम उपाध्यक्ष एवम् केहि समय अघि देखि नै कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गरी रहेकी डोमा शेर्पालाई २ फेब्रुवरी २०१६ मा बसेको संस्थाको कार्यसमितिको बैठकबाट प्रथम उपाध्यक्षबाट अध्यक्षमा पदोउन्नती गरेको जानकारी संस्थाका महासचिव निर्मला गुरुङले जानकारी दिनु भएको छ |
यस अघि नेपाल आदिवासी जनजाती महासंघमा आवद्ध जातीय संस्थाका अध्यक्षहरुबाट राय ,सरसल्लाह र सुझाब लिएको समेत वहाँले बताउनु भएको छ |संस्थाको बिधान अनुसार कार्यसमितिको अवधि एक बर्ष रहेको छ | अत: आउँदो जुन महिनमा संस्थाको दोश्रो अधिवेशन हुनेछ |