देब पचभैया
पाल्पा, माघ २० – आठ किलो बढी गाँजा सहित पाल्पामा दुई महिला पक्राउ परेका छन् । बिक्रिको लागी गाडी चढेर बुटवल जादै गरेका मस्याम ५ पाल्पाकी ४२ बर्षिया मिना कुवर र सोही ठाउकी ३५ बर्षिया सिता बिष्टलाई प्रहरीले पक्राउ गरेको हो ।
लु १ ज २६१५ नम्बरको जिपमा सवार उनीहरुलाई दोभान प्रहरी चौकीले आज बिहान साढे चार बजे पक्राउ गरेको प्रहरी नायब उपरिक्षक सुमन तिमिल्सिनाले जानकारी दिनुभयो । ८ किलो २५० ग्राम गाँजा सहित पक्राउ परेका उनीहरुले बुटवलका ग्राहक सम्म पुर्याउनको लागी हिडेको बताएका छन् । उनीहरुले ११ वटा पलास्टिकमा ३२४ वटा डल्लो बनाई ३ वटा जेब्रा झोलाभित्र गाँजा राखेर थिए ।
उत्पादन, वसारपसार र बिक्रिबितरण गरी तीन वटै मुद्धामा कारबाही गर्नेगरी मुद्धा चलाईने प्रहरीले जनाएको छ । गाँजा सहित पक्राउ परेका उनीहरुलाई प्रहरीले दिउसै पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको छ ।