कृष्ण सारू मगर
मानमा-बहराईन तामाङ समुदायहरूको धार्मिक तथा साँस्कृतिक महान चार्ड राष्ट्रिय पर्व सोनाम ल्होछार–२८५२ औ टे/मकर ल्हो (बाँदर बर्ष) आउँदो १२ फेब्रुअरी २०१६ सुक्रबारका दिन डेलमन ईन्टरनेश्नल होटल मानमा स्थित बहराई ठतामाङ सेवा समाजको आयोजनमा सोनाम ल्होछार पर्व साँस्कृतिक साँझ भव्य रुपमा मनाउने भएको छ ।
हरेक वर्ष झै यस पटक अझ पृथक रहने भएकोले उक्त ल्होछार कार्यक्रममा नेपाल देखि चिरपरिचित लोक पप तथा सेलो गायक राजु मोक्तान र उदयमान गायिका सरिता पाख्रिनको साथमा स्थानिय गायक, गायिका नृत्यकार, एवंम् हाँस्यकलाकारहरूको बेजोर्ड प्रस्तुतिले भरपुर मनोरञ्जनात्मक कार्यक्रम रहने भएकोछ । विभिन्न संघ, संस्था, संगठन, स्थानिय पत्रकार, समाजसेवी बुद्धिजिवि, बहराईनबासी समस्त गीत-संगीत पारखी आदरणिय नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरू यही आउँदो १२ फेब्रुअरी २०१६ सुक्रबारका दिन डेलमन ईन्टरनेश्नल होटल मानमा स्थित भब्य र सभ्य सफलता बनाउन यहाँहरू सम्पुर्णलाई गरिमामय उपास्थितिको लागि आयोजक समिति परिवार हार्दिक निमन्त्रणा गरेको छ । समय:- ५:३०बजे (साँझ) सह्योगार्थ प्रवेश सुल्क: ३ /- बिडी राखिएको आयोजकले जानकारी दिए ।
