दिपा आलेमगरले आफ्नो जन्मदिन आफू पढेको विद्यालयमा गुरुहरु र विद्यार्थीहरु मांझ बनाए

दिपा आलेमगर

राधापुर, बांके माघ १९ – नेपाल मगर विद्यार्थी संघका केन्द्रीय अध्यक्ष एवं पत्रकार दिपा आलेमगरले माघ १८ गते आफ्नो जन्मदिनको शुभअवसर पारेर आफूले अध्ययन गरेको श्री मैटहवा उच्चमाध्मीक विद्यालयमा विद्यार्थीहरुलाई स्कुल सामाग्री वितरण गरी जन्म दिन मनाए । 

  विशेष गरी विद्यार्थीहरुलाई प्रेरणा, हौसला र ज्ञान दिनकोलागि आलेमगरले यसरी आफ्नो जन्मदिन मनाएको हो ।

 जन्मदिन कार्यक्रममा बोल्दै अध्यक्ष दिपा आलेमगरले–आजका कलिला मुना भोलि राष्ट्रका असल सपुत भएको हुंदा सानैंदेखि असल बाटो देखाउनु पर्ने बताए । उनले भने विद्यार्थी भनेका काचो बाटो हुन जस्तो बनायो त्यस्तै बन्छ । बालबालिकाको उज्ज्वल भविष्य बनाउन घरपरिवार र गुरुको ठूलो हात हुने भन्दैं आउंदा दिनहरुमा आफूले सक्ने सहयोग गर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै मैटहवा उच्च माविका पूर्व प्रध्यापक एवं अग्रज शिक्षक जयलाल अधिकारीले विगतमा आफूले पढाएको विद्यार्थी आज उच्च शिक्षा हासिल गरी आफ्नो स्कुलको नाम राखेको भन्दै खुशी व्यक्त गरे । उनले भने धेरै विद्यार्थी यस स्कुलबाट पढेर गए तर फर्किर कमैमात्र आए । त्यसमध्येकी असल विद्यार्थी दिपा आलेमगर हुन जसले पुनः फर्किएर ज्ञान र चेतनाको दियो लिएर आईन । हामी सबै स्कुलका शिक्षकहरु खुशीले गद्गद् छौ ।

  दिपा आलेले गरेको उदाहरणीय कामलाई सबै विद्यार्थीले हातेमालो गर्नुपर्छ । उहांले बोल्दै गर्दा आलेमगरको विगतको स्कुलजीवन र यहांसम्म आउंदा उनले गरेको संघर्ष र संघर्ष गर्दै गर्दा उनीमाथि २०६९ साल जेष्ठ ८ गते सांघातिक आक्रमणमा परि सक्त घाईते भई उपचारको क्रममा रहेको कुरा विद्यार्थीहरुलाई सुनाए । उनले बोल्दै गर्दा स्कुलका गुरुहरु गाउंघरका अग्रजहरु विद्यार्थीहरु दुखत घटना सुनेर स्तब्ध भएका थिए । अग्रज शिक्षक अधिकारीले बोल्दै– भने हामी राधापुर गाविसले एउटा राष्ट्रिय विद्यार्थी नेता पाएका छौं । त्यति मात्र होइन समाजलाई सुचना दिने पत्रकार पाएका छौं । अझै आउंदादिनहरुमा प्रगति पथमा पुग्न सफल हुन भनेर आलेमगरको जन्मदिनमा शुभकामना व्यक्त गर्दै भावुक भए ।

  मैटहवा उच्च माविका वर्तमान प्रध्यापक शिवशंकर खत्रीले जन्मदिनको शुभकामना दिर्दै फर्किएर आफू पढेको विद्यालयमा ज्ञानको ज्योति फैलाउन आएकोमा धन्यवाद व्यक्त गरे । आगामी दिनमा यसरी नै विद्यार्थीहरु र विद्यालयको सेवामा निरन्तरता कायम हुन पनि आग्रह गरे ।

व्यवस्थापन समितिका अध्यक्ष कमानसिंह सावदले हर्षित हुंदै भने अध्ययन त सबैले गर्दछन् तर यस्तो चेतना र हौसला बढाउने काम कमैले गर्दछन् । धन त सबैको साथ हुन्छ तर सबैले यसरी काम गर्ने मन कमै हुन्छन् । आफ्ना पूर्व विद्यार्थी उच्च शिक्षा हासिल गरी आफ्नो विद्यालय र गुरुहरुलाई सम्झेर आएकोमा धन्यवाद व्यक्त गरे । उनले भने गाउविकास, विद्यालय र विद्यार्थीहरुको भविष्य तपाईहरुको हातमा छ अघि बढ्दै जानुस् हाम्रो साथ सधै हुनेछ भन्दै जन्मदिनको शुभकामना व्यक्त गरे ।

  जन्मदिनको शुभअवसरमा आसिरबात दिन गाउंघरका अग्रजहरुको सहभागिता थियो । विद्यालयका गुरुहरु लालबहादुर गुरुङ, रञ्जीत थापामगर, अम्मर रानामगर, टेक बहादुर थापामगर, दिलमाया थापामगर, हिरा थापामगर, प्रकाश खड्का, लगायत राधापुर गाविसका अग्रजहरु ईश्वरी शाही, नवराज थापा क्षेत्री, लक्ष्मीनारायण लम्साल,अन्जला देवि गिरी, रत्ना रानामगर, अम्बासिंह ठकुरी, सैसरा सुनार लगायतले अविरको टिका लगाई आसिरबात तथा शुभकामना दिएका थिए । पत्रकार दिपा आलेमगरले आफूले लगेका स्कुलका सामाग्रीहरु कापि कलम, फुटबल, भलिबल, राष्ट्रगान ब्यानर र मिठाई विद्यालयका प्रध्यापकलाई हस्तान्तण गर्दै केही विद्यार्थीहरुलाई टिका लगाएर सामाग्री वितरण गरेका थिए ।

  विद्यार्थीहरुलाई सामाग्री हस्तान्तण गर्दै गर्दा यति खुशी भएको कहिल्यै नदेखेको विद्यालयका शिक्षिका दिलमाया थापामगरले बताईन् । उनले बोल्ने क्रममा भनिन् सधैं स्कुलमा उत्कृष्ट विद्यार्थीहरुले मात्र पुरस्कार पाउने गर्थे तर यसरी आज सबैले एकैपटक पुस्कार पाउंदा विद्यार्थीहरु धेरै खुशी भएको बताए । यो साह्रानीय कामले पक्कै पनि साना विद्यार्थीहरुमा प्रेरणा र हौसला मिल्नेछ उनले भनिन् ।

राधापुर गाविस भित्र पर्ने यो विद्यालयमा ५ सयको हाराहारीमा विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । विगतका १ हजारको हाराहारीमा अध्ययन गर्ने विद्यार्थीहरु पछिल्लो समय बोर्डिङमा पढ्ने लहर चलेपछि संख्यामा कमी आएको हो । तर गुणस्तरीय शिक्षामा भने कमि नआएको शिक्षकहरुको भनाई छ ।
  राजा महेन्द्र शाहले आफ्नो राज्यसञ्चाल गर्ने क्रममा नेपाल भारतको सिमाना पर्ने यो गाविसलाई सुरक्षित राख्नकोलागि २५३ जना भारतीय भुपु आर्मीलाई जग्गा दिएर यस ठाउंमा बस्ती बसालेको गाविसकाका अग्रज ईश्वरी शाहीले बताए । ९० प्रतिशत जनजातिहरुको बाहुल्यता रहेको यो राधापुर गाविसमा शिक्षाको चेतना विस्तारै बढ्दै गएको बताए ।

  स्कुलका अर्का शिक्षक रञ्जीत थापामगरले भने धेरै जसो मध्यम र निम्म वर्गका बालबालिकाहरु अध्ययन गर्दछन् । यी विद्यार्थीहरुको उच्च शिक्षाकोलागि विभिन्न सामाजिक कार्यक्रममा क्रियाशील संघसंस्था, दातृसंस्थाहरुले सहयोग गरे उनीहरुको उज्ज्वल भविष्य सुन्दर हुने थियो ।

कक्षा ३ मा अध्ययन गर्दै गरेकी दिपा थापाले भनिन् –आज मैले पनि कपि कलम पाएं घरमा लगेर बाबा मम्मीलाई देखाउनेछु ।