देब पचभैया
पाल्पा, माघ १८ – ग्यासमा कालोबजारी गरेको आरोपमा पाल्पामा एक ब्यापारी बिरुद्ध प्रहरीले मुद्धा चलाएको छ ।
तोकिएको भन्दा तेब्वर बढी मुल्यमा ग्यास बेचेको अनि अनुमति बिनाका ग्यास बेचेको भन्दै ब्यापारी कमल प्रसाद ढकाल बिरुद्ध जिल्ला प्रहरी कार्यालय पाल्पाले मुद्धा चलाएको हो । प्रतिसिलिन्डर ६ हजार बढीमा ग्यास बेचेको उजुरी परेपछि उनलाई पक्राउ गरी मुद्धा चलाईएको प्रहरी नायब उपरिक्षक सुमन कुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।
ढकाललाई कालोब्यापारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय एैन अनुसार मुद्धा चलाईएको प्रहरीको भनाई छ । ढकालले तानसेन स्थित बिसालबजारबाट नारायणी र सिद्धार्थ कम्पनीका ग्यास बिक्रिगर्दै आएका थिए । प्रहरी हिरासतमा रहेका ढकाल माथि थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले जानकारी दिनुभयो । कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय एैनमा न्युनतम बिगोबमोजिमको जरिवाना र बढीमा १० बर्ष सम्म कैदको ब्यवस्था छ ।
स्रोतका अनुसार पाल्पाका आधा दर्जन बढी अन्य ब्यापारीमाथि पनि प्रहरीले मुद्धा चलाउने तयारी गरेको छ ।
