पैयुँखोला पर्वतमा मगर बौद्ध सेवा समाज गठन

Read Time:2 Minute, 13 Second

रूद्र श्रीसमगर

पैयुँखोला (पर्वत), १७ माघ – पर्वतको पैयुँखोलामा नेपाल मगर बौद्ध सेवा समाज गठन भएको छ ।

सु. धनबहादुर थापामगरको अध्यक्षतामा ११ सदस्यीय समाजको गठन भएको हो । जसको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः शेरबहादुर मास्की रानामगर, सनिसरा थापामगर, सीता रानामगर, साटबहादुर थापामगर र झरना रानामगर रहनुभएको छ ।

त्यसैगरी, सदस्यहरूमा हिरा थापामगर, यामकुमारी रानामगर, उमेश आलेमगर, टुकेन्द्र रानामगर र ओम रानामगर रहनुभएको छ । पर्वत जिल्लाको दक्षिणी भेग बेहुलीबास, त्रिवेणी, होश्राङ्दी, हुवास, उराम गाविसका मगरहरूको भेलामा मगर जाति र बौद्ध धर्मसम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत भएको छ ।

सो अवसरमा बोल्दै नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय उपाध्यक्ष टीबी पुनमगर (रोशन)ले ऐतिहासिक कालमा मगर जाति बौद्धमार्गी रहेको दाबी गर्नुभयो । बुद्ध र बौद्धप्रति सकारात्मक समभावना, बुद्ध ज्ञान, शील पालना गर्नुपर्ने बताउँदै पुनमगरले बौद्ध धर्म दर्शन अनुसार कर्मकाण्ड संस्कार, संस्कृतिको अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा समाजका पश्चिमाञ्चल प्रशिक्षक सु. सूर्यबहादुर थापामगरले जन्मदेखि मृत्युसम्मको संस्कारसम्बन्धी प्रशिक्षण दिनुभएको थियो भने वापा टेकबहादुर थापामगरले सहयोगी भूमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण नेपाल मगर बौद्ध सेवा समाज कास्कीका अध्यक्ष सु. चन्द्रबहादुर मसराङ्गीमगरले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %