आदिवासी जनजाति महिलाहरूको सिडसम्बन्धी क्षेत्रीय सम्वाद पोखरामा सुरु

Read Time:3 Minute, 59 Second

प्रमुख अतिथि बनाइएका प्रजिअ अनुपस्थित

रूद्र श्रीसमगर

पोखरा, १७ माघ

नेपालका आदिवासी जनजाति महिलाका सम्बन्धमा सिड समितिको निष्कर्ष सुझावको कार्यान्वयनको स्थिति र नेपालले अब बुझाउने छैठौं आवधिक प्रतिवेदनको छायाँ प्रतिवेदन तयारीका लागि पोखरामा दुई दिने क्षेत्रीय सम्वाद सुरु भएको छ ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, आदिवासी महिला कानुनी सचेतना समूह (इनोल्याग) र राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ, नेपालको संयुक्त आयोजनामा आइतबारदेखि सुरु सो क्षेत्रीय सम्वाद कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले अहिले जारी गरिएको नयाँ संविधानले देशमा शान्ति स्थापना गर्न नसक्ने बताउनुभयो । संविधान निर्माण प्रक्रिया नै गलत भएको भन्दै शेर्पाले प्रतिगामी संविधानले देशमा अस्थिरता निम्त्याउने र विश्वकै सर्वोत्कृष्ट भनेर भ्रम मात्रै फैलाइएको टिप्पणी गर्नुभयो ।

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका अध्यक्ष सोनी लामाले सम्पूर्ण महिलाहरूको सवाल एउटै भएको बताउँदै आदिवासी जनजाति महिलाहरूका केही विशिष्ट पक्षलाई समेटेर छायाँ प्रतिवेदन तयार पार्नका लागि सम्वाद कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । सो अवसरमा आदिवासी महिला कानुनी सचेतना समूह (इनोल्याग)का अध्यक्ष शारदा सुब्बाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका उपाध्यक्ष यशोकान्ति भट्टचन, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका महासचिव गंगा खासुमगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष पानबहादुर घर्ती, संघीय समाजवादी फोरम नेपाल कास्कीका अध्यक्ष दीपक वाइबा तामाङ, नेकपा (एमाले) कास्कीका उपसचिव प्रभा कोइराला, जिल्ला शिक्षा कार्यालय, कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी हेमनारायण चापागाईं, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका उपाध्यक्ष रूद्रबहादुर श्रीसमगर, संविधान सूचना केन्द्र, गण्डकीका प्रमुख अधिवक्ता जुनाकुमारी गुरुङ, शान्तिका लागि साझा अभियान (कोक्याप)का अध्यक्ष उषा बरुवाल, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीका अध्यक्ष राजकुमारी भुजेल र निवर्तमान अध्यक्ष ज्योति भट्टचनले बोल्नुभएको थियो । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली तथा स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीलाई प्रमुख अतिथि र विशेष अतिथिका रूपमा निम्त्याइएको भएपनि उपस्थिति भने भएन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %