नीरज पिठाकोटे मगर ,
वीरगन्ज, १६ माघ ,
नेपाल मगर संघ पर्साको बैठक आज सम्पन्न भएको छ ।संघका अध्यक्ष कमल बहादुर पिठाकोटे मगरको अध्यक्षतामा वीरगन्ज चिनीमिल आवासक्षेत्रमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले गरेको निर्णय अनुसार नेपालका प्रथम शहिद लखन थापा मगरेको स्मृति दिवस वीरगन्जको घण्टाघरमा मनाउने निर्णय गरेको छ ।
उत्पीडित जाति र जनजातिको शोषण गर्ने जहाँनिया राणाशासनको अन्त्यका लागि आन्दोलनमा होमिन उत्प्रेरित गरेर पहिलो राजनीतिक दस्ता बनाएर आन्दोलन सुरु गरेका लखन थापामगर पहिलो शहिद भएकोले घण्टाघरमा स्मृति दिवस मनाउने निर्णय गरेको संघका अध्यक्ष कमल बहादुर पिठाकोटे मगरले बताए । त्यस्तै बैठकले फागुन १५ गते मगर संघको स्थापना भएको दिनलाई हरेक बर्ष मगर दिवस मनाउदै आएकोले यसबर्ष पनि संघले फागुन १५ लाई मगर दिवसको रुपमा मनाउने निर्णय गरेको छ । यसैगरी बैशाख १८ देखि २१ सम्म चितवनमा हुने महादिवेशनका लागि जिल्ला अधिवेशन फागुन महिना भित्र गरिसक्नुपर्ने भएकोले फागुन २२ गते शनिबार नेपाल मगर संघको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष पिठाकोटे मगरले जानकारी दिए ।
