अधिकार प्राप्तिका लागि सम्पूर्ण मगरहरु एकजुट होऔ

Read Time:2 Minute, 36 Second

गोविन्द घर्ती ,

माघ १६,

मगरहरुको अधिकार स्थापित गर्न सम्पूर्ण मगरहरु एकजुट हुनुको कुनै विकल्प नभएको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।

उनीहरुले जारी संविधानमा मगरहरुको अधिकार स्थापित हुन नसकेको भन्दै अधिकारको लागि आन्दोलनको आवश्यक रहेकोमा जोड दिएका थिए । नेपाल मगर महिला संघ देवदह नगरसमितिको देवदह–२, ढेकावरमा भएको प्रथम बार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले उक्त कुरा बताउनु भएको हो । सो अवसरमा बोल्दै नेपाल मगर महिला संघ जिल्ला समिति रुपन्देहीका सचिव कुमारी थापाले राज्यले मगर महिलाहरुलाई उपेक्षा गरेको आरोप लगाउनु भयो । देशको हरेक आन्दोलनमा मगरहरुको योगदान रहेपनि मगरहरुलाई अधिकारबाट बन्चित गरेको बताउनु भयो ।

नेपाल मगर महिला संघ देवदह नगर समितिका अध्यक्ष उमाया थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दलबहादुर विरकट्टा, संघका जिल्ला सदस्य हुमबहादुर डिसुवा, नेपाल मगर महिला संघका जिल्ला सदस्य लक्ष्मी पुन, नेपाल मगर संघ देवदह नगरसमितिका अध्यक्ष लालबहादुर दर्लामी, नेपाल मगर युवा संघ देवदहका अध्यक्ष विनोद थापा, नेपाल आदिवासी जनजाति महासंघ देवदहका अध्यक्ष बोमबहादुर गुरुङ्ग, सचिव थमबहादुर बुढाथोकी, संघका सल्लाहकार पदम थापा, कृष्णमाया राना लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा संघका अध्यक्ष उमाया थापाले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष चित्रकला रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संघलाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । संघका उपाध्यक्ष चिनीसरा थापाको स्वागत र सचिव दिलमाया सिंजालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %