बुटवल । माघ १५ ।
संघीय गणतान्त्रिक जनमुक्ति पार्टी सावीक टिकुलीगढ गाउँ समितिका पूर्व सह–सचिव टिका पून मगरको पाँचौ पुण्यतिथिको अबसरमा पार्टीले उहाँको निवासमा बिहीबार श्रद्धान्जली सभाको आयोजना ग¥यो । उक्त शोक सभामा बोल्दै संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका केन्दि«य महासचिव केशब शुर्यबंशी मगरले पार्टीमा उहाँले पु¥याउनु भएको अमुल्य योगदान पार्टीले सधै सम्झिरहने बताउनु भयो । एक कर्मठ तथा जुझारु पार्टी सदस्यता गुमाउनु पर्दा पार्टी तथा सिङ्गो समाजलाई नै ठुलो क्षती भएको उहाँको थियो । कार्यक्रममा पार्टीका केन्दि«य नेता अशोक पुन , लुम्बिनी ब्याडमिन्टन क्लब तिनपा – १८ का प्रकास थापा लगायतले शोक मन्तब्य राख्नु भएको थियो । सभा डम्मर सिंह रानाको अध्यक्षता विष्णु दगामीको सञ्चालनमा सम्पन्न भएको थियो
