नयाँ नेतृत्व चयन

Read Time:1 Minute, 29 Second

सोनु थापा मगर
बुटवल । माघ १५

संघीय गणतान्त्रिक जनमुक्ति पार्टी ति.न.पा. –९ भलवारी रुपन्देहीमा नयाँ नेतृत्व चयन गरिएको छ । एक कार्यक्रमकाबीच माघ १३ गते बुधबार गम्मर सिंह गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । जस्को उपाध्यक्षमा रञ्जु गुरुङ, सचिव गिरि प्रसाद राना,सह– सचिव कपिल गुरुङ र कोषाध्यक्षमा मोहन बहादुर गुरुङ चयन हुनुभएको छ । रुपन्देही क्षेत्र नं – ३ का पार्टी अध्यक्ष छत्र दर्लामी संयोजक तथा कुल बहादुर राना र ज्ञान बहादुर थापा सदस्य रहेको निर्बाचन मण्डलले नयाँ समिति चयन गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि पार्टी जिल्ला अध्यक्ष झम बहादुर गुरुङ, राष्ट्रिय महिला मोर्चाका केन्द्रीय सदस्य लिला राना लगायतले नब निर्बाचित पदाधीकारीहरुलाई शुभकामना तथा बधाई दिनु भएको थियो । कार्यक्रम बल बहादुर गुरुङको अध्यक्षतामा निर्माणाधिन पार्टी भवन मंगलापुरमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %