देब पचभैया
पाल्पा, माघ १२
गुडिरहेको गाडीमा माथि बाट खसेको ढुंगाले लाग्दा पाल्पाको सिद्धबाबामा मंगलबार दिउसो एक युवकको ज्यान गएको छ ।
दुर्घटनामा दिगाम ६ गुल्मीका २७ बर्षिय नारायण खनालको ज्यान गएको हो ।
बुटवल बाट पाल्पा आउदै गरेको लु १ च ६३९५ नम्बरको जिपमा सवार खनाललाई ढुंगाले लागेपछि गंभिर घाईते भएका थिए । उनको उपचारको क्रममा बुटवलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिपका चालकलाई भने केही नभएको प्रहरीको भनाई छ ।
