देब पचभैया
पाल्पा , माघ १० गते – दुबै मृर्गौला फेल भई उपचारको क्रममा रहनुभएका नायरनम्तलेस ५ पाल्पाका ४१ वर्षीय यादव प्रसाद न्यौपानेलाई नमस्ते पाल्पा परिवार दक्षिण कोरियाले उपचारका लागि १ लाख ५० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
आइतबार एक कार्यक्रमका बीच नमस्ते पाल्पा परिवारका संस्थापक अध्यक्ष चेतन सारु, बर्तमान अध्यक्ष शुसिल गाहा, पूर्व उपाध्यक्ष अर्जुन बिरकट्टा, संस्थापक सदस्य हेम खाम्चा र सदस्य चेत बहादुर चिदीले उक्त रकम संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।
रकम हस्तान्तरण कार्यक्रममा आर्यभञ्जांग बजार ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद श्रेष्ठ, पाल्पा समाचारपत्र साप्ताहिकका सम्पादक यज्ञमूर्ति तिमिल्सिना, देबीनगर गाविसका निर्वतमान अध्यक्ष रिमप्रसाद श्रेष्ठ, समाजसेवी कृष्ण प्रसाद श्रेष्ठ लगायतले बोल्दै बिदेशमा रहेका नेपालीहरुले आफ्नो गाँस काटेर यसरी उपचारका लागि सहयोग पठाउनु निकै सराहनीय कार्य भएको बताए । यादव न्यौपानेको उपचारका लागि आर्थिक अभाव भएको भन्ने समाचार बाहिर आएपछि संस्थाले आर्थिक सहयोग गरेको हो ।
रकम बुझ्दै मृर्गौला पिडित यादव न्यौपानेले आफ्नो उपचारका लागि सहयोग पठाउने सबैलाई धन्यवाद दिनुभयो । नमस्ते पाल्पा परिवारका संस्थापक अध्यक्ष चेतन सारुको अध्यक्षता र वर्तमान अध्यक्ष शुसिल गाहाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
