गोविन्द घर्ती माघ ९
नेपाल आममगर सञ्चारकर्मी समाज रुपन्देहीको भेला बुटवलमा सम्पन्न भएको छ ।
भेलामा बोल्ने वक्ताहरुले मगरहरुको अधिकार स्थापित गर्न मगर सञ्चारकर्मीहरु लाग्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले सञ्चारको माध्यमबाट समाज परिवर्तन गर्नुपर्ने भन्दै सञ्चार माध्यममा मगरहरुको पुहच पु¥याउनु पर्नेमा जोड दिएका थिए । अग्रज पत्रकार लोकबहादुर ढेंगाको अध्यक्षतामा भएको कार्यक्रममा आममगर सञ्चारकर्मी समाजका सचिवालय सदस्य मिलन गाहा, फोनिज रुपन्देहीका सचिव आशिष सूर्यवंशी, फोनिजका पूर्व कोषाध्यक्ष गोविन्द घर्ती, मगर विद्यार्थी संघका झकबहादुर आले, उमेश थापा, सुरज थापा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । भेलाले लोकबहादुर ढेंगाको संयोजकत्वमा ९ सदस्यीय नेपाल आममगर सञ्चारकर्मी समाज रुपन्देही गठन गरेको छ । जसको सहसंयोजकमा मिना राना, सचिवमा सुरज थापामगर, कोषाध्यक्ष उमेश थापामगर रहनु भएको छ । अन्य सदस्यहरुमा चित्रबहादुर सुनारी, आकृति थापामगर, दिपु मगर, लिला राना, प्रभा थापा रहनु भएको छ ।
