मगर आम संचार कर्मी संघको माघ २६ गते काठमाण्डौमा भेला हुदै

सहयोगको लागी सबै संग आग्रह

राज्यसत्ता ब्युरो

काठमाण्डौ, माघ १० गते

मगर आमसंचार कर्मीसंगको यही माघ २६ गते काठमाण्डौमा भेला हुने भएको छ । भेलामा देशैभरीका मगर पत्रकारहरुको सहभागीता रहने बताईएको छ । भेलाको लागी आयोजक समितिका सदस्य एबं आर्थिक ब्यवस्थापन संयोजक देब पचभैयाले सबैसंग कार्यक्रम सफल बनाउनको लागी आग्रह गरेका छन् । एक अपिल प्रेसीत गर्दे पचभैयाले कार्यक्रमको बारेमा जानकारी यसरी दिएका छन् ः

सबैमा नमस्कार । मगरात भुमि टुक्रयाएर संघिय प्रदेश निर्माण गरी आज मगर र मगरातको पहिचान नामेट गरिदैछ । मगर बसोबास क्षेत्रलाई चिरापारेर मगर भाषा, सस्कृति र रहनसहनलाई गुनमान पार्ने दुशप्रयास भैरहेको बेला आम मगरहरुलाई सचेत र सजक बनाउदै मगरका हक अधिकारलाई सुनिश्चत पार्नुको खातिर मगरात क्षेत्रको संरक्षणको लागी राजनैतिक दल र नेताहरुलाई पनि घचघच्याउनु आवश्यक छ । मगर बाहुल्य क्षेत्रलाई बिभाजित गरेर भोलि हुने निर्बाचन, प्रदेशको नामाकरण लगाएतका कुृराहरुमा मगरलाई अल्पमतमा पार्ने र माथि उठ्न नदिने पुरानो प्रपन्च जारी रहेको नमिठो उदाहरण पनि हो यो । हो यस्ता कुकृत्यहरुको चिरफारको लागी यहाको अगुवाईमा मगर मिडिया संचालन गर्ने जनु प्रयास भैरहेको छ , यो अत्यन्त सकारात्मक र निकै आवश्यक पनि छ । तर मगर मिडिया संचालन गर्नु मात्रै उपलब्धी हुन सक्दैन, त्यसको संचालन र दिगोपन दिन सक्नुनै महानता हो । त्यसको लागी सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहे जस्तै स्वदेश तथा बिदेशमा रहेका सबै मगर पत्रकारहरुको साथ त्यत्तिकै आवश्यक छ ।

त्यसैले केही बर्ष अघि गठन भई बिधिवत रुपमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता भई हाल निश्क्रिय रहेको मगर आमसंचार कर्मी संघलाई पुन सक्रिय बनाउनु आवश्यक छ । त्यसका साथै मगर पत्रकारहरु, मगर र मगरातको बर्तमान अवस्था, संबिधान र मगर शमुदाय, मगर मिडियाको आवश्यकता, संचालनका स्रोत र कठिनाई, उपलब्धी लगाएतका बिषयमा घनिभुत छलफल हुनु जरुरी छ । मगर हक अधिकारका लागी आवाज उठाउदै आएको समग्र मगरहरुकै माउ संगठन नेपाल मगर संघले गर्दै आएका काम कारबाहीका बारेमा पनि मगर पत्रकारहरुलाई जानकारी गराउनु आवश्यक छ ।मगर संघ र मगर पत्रकारहरु बिच नजिकता नदेखिएकाले सम्बन्धलाई अझै कसिलो बनाउनु जरुरी पनि छ ।अरुका मिडियाले मगरहको मुद्धामा आवाज उठाएन भनेर टाउको दुखाउनु भन्दा मगरहरु आफैले मिडिया संचालन गर्ने र आफ्ना ईस्युहरुलाई बुलन्द पार्नु आजको तत्कारो आवश्यता पनि हो ।त्यसैले मगर आम संचार कर्मीहरुको भेला यही माघ २६ गते मंगलबार ( तदनुसार फेबु्रअरी ९) मा काठमाण्डौमा गरिने भएको छ । नेपाल मगर संघका सचिब द्धय ज्ञानेन्द्र पुन, माधब दर्लामी , आम मगर संचार कर्मी संघका महासचिब मनोज घर्ती, उपाध्यक्ष दिलिप थापा, सन्त गाहा, देब पचभैया सहितको बैठक बसी सो निर्णय गरेको हो ।

कार्यक्रमका गतिबिधिहरु

१) कार्यक्रमका सहभागीहरु माघ २५ गते नै काठमाण्डौमा आईपुग्नेछन् । २६ गते बिहान ९ बजे बाट कार्यक्रम शुरु हुने छ र बेलुकी सम्म नै कार्यक्रम चल्नेछ ।

कार्यक्रममा मगर आम संचार कर्मीहरुको नया समिति चयन हुनेछ । त्यसको लागी बरिष्ठ पत्रकार एबं नेपाल पत्रकार महासंघका महासचिब उजिर मगर, मगर संघका सचिब माधब दर्लामी, अधिबतmा गौ बहादुर आले सदस्य रहने गरी निर्बाचन टोली गठन गरिएको छ ।

२) कार्यक्रममा देश भरी रहेका मगर पत्रकारहरुको अवस्था, उनीहरुको उत्थान र बिकास बिस्तार गर्ने सवालमा म स्यम देब पचभैयाले एउटा कार्यपत्र पेश गर्ने कार्यक्रम छ ।

३) मगर आम संचार कर्मी संघको बिधान संसोधनको लागी मनोज घर्ती र सन्त गाहालाई जिम्मा दिईएको छ । सो बिधान परिमार्जन गरिने छ ।

४) मगर संघले अहिले गरिरहेको आन्दोलन, मगर संघका मुद्धाहरुलाई मगर पत्रकारहरुले कसरी सहयोग गर्न सक्छन् ? मगर संघका नेतृत्वकर्ताहरु र मगर पत्रकार बिचको संम्बन्धलाई कसरी सुमधुर बनाउन सकिन्छ यि लगाएतका बिषयमा मगर संघका सचिब माधब दर्लामीले कार्यपत्र पेश गर्नुहुनेछ ।

५) मगर मिडिया संचालन गर्ने सम्बन्धमा ब्यापक छलफल गरिने छ । मिडिया संचालनको लागी एउटा समिति निर्माण गरेर अगाडि बढिनेछ । (जुन मगर संघ युके र स्यय् नेम थापाले पहल गरिरहनु भएको छ) यसको बारेमा पनि छलफल हुने छ । र बिबिध बिषय भित्र रहेर कार्यक्रममा थप छलफल र अन्र्तक्रिया गरिनेछ ।

कार्यक्रमका बिवरण र खर्चहरु

१ ) कार्यक्रममा सहभागी हरेक जिल्ला बाट ३ जना सक्रिय पत्रकारका दरले २५ जिल्ला बाट जम्मा ७५ जना । जिल्ला र सहभागी बढ्न पनि सक्छ । मनाङ्ग, मुस्तांग, मुगु, पर्बत, डोल्पा लगाएत केही जिल्लामा मगर पत्रकार छैनन् । केही जिल्ला बाट ३ जना कही बाट दुई जना मात्रै बोलाउने । जस्तो, पाल्पा, पोखरा, रुपन्देही लगाएतका जिल्ला बाट ३ जना बाकी पत्रकारको सख्या हेरेर २ जना बोलाउने ।

अनुमानित देश भरबाट आउने पत्रकारहरु ७५ जनालाई आउन र जान गाडी भाडा प्रदान गर्न दुई हजारका दरले अनुमानित १ लाख ५० हजार ।

२ ) कार्यक्रमका सहभागीलाई खान बस्न ( आउने दिन खान बस्न कोठा बाहेक ३००, अर्को दिन बिहान खाजा १०० , दिउसो नास्ता २०० र बेलुकी खाना २५० , जुन दिन कार्यक्रम हुन्छ, र भोलि बिहान खाजा नास्ता १०० गर्दा प्रति ब्यतिm १००० लाग्ने गरि जम्मा सहभागीलाई ७५ हजार खाना, नास्ताको खर्च लाग्ने छ ।

कोठा २० देखि २५ वटा सम्म बुक गर्दा एक दिनको ३० हजारको हिसाबले दुई दिनको कोठा खर्च ५० देखि ६० हजार सम्म लाग्ने छ ।

३ ) हल भाडा, स्पिकर, प्रोजेक्टर पानी सबै गर्दा ८ देखि १० हजार लाग्ने छ ।

४ ) अतिथिहरु जस्तो मगर संघका पदाधिकारीहरु (काठमाण्डौमा उपलब्ध) अनिबार्य बोलाउने र मगर पत्रकारहरु संगको सम्बन्धमा सुमधुर बनाउने उपाएका बारेमा छलफल गर्ने । तर कार्यक्रमलाई दुई भागमा बाड्नु पर्नेछ । बिहान मगर पत्रकारको भेला र दिउसो छलफल एबं अन्र्तक्रिया कार्यक्रम गर्ने । छलफल कार्यक्रममा अग्रज मगरहरु , मगर मन्त्री, मगर सभासद, सभामुख, वा पुर्ब महत्वपुर्ण स्थानम पुग्न सफल मगर अगुवाहरुलाई पनि बोलाउन सकिने छ ।

छलफल कार्यक्रममै मगर मिडियाको बारेमा बृहत छलफल गर्ने र निचोड निकाल्न सकिने छ ।

दिउसोको कार्यक्रमा आउने पाहुनाहरु लाई खाना नास्ताको लागी खाजा नास्ता गराउदा ५० हजार सम्म खर्च लाग्ने छ ।

५) देशै भरको मगर पत्रकाहरुलाई सुचना र जानकारी दिनको लागी देश भरको एफ,एममा बज्ने उज्यालो एफ,एमको कायाकैरन र नेपाल दर्पणको बिचमा २, ३ पटक कार्यक्रमको बारेमा जानकारी दिने, सहभागीताको लागी आब्हान गर्न बिज्ञापन बजाउन १० हजार लाग्ने छ ।

६) सबै सहभागीहरु संगको संचार र ईमेलको लागी ५ हजार खर्च लाग्ने छ ।

यसरी अनुमानित खर्च जोड्दा जम्मा खर्च ३ लाख ५० हजारको हाराहारीमा खर्च लाग्ने छ ।

कार्यक्रममा सहयोग गर्नेहरुबाट प्राप्त हुने रकमको लागी नेपाल मगर संघको खाता नम्बर दिने निर्णय गरेका छौ ।

त्यसको लागी ।

नेपाल मगर संघ, राष्ट्रिय बाणिज्य बैंक, सिंहदरबार, काठमाण्डौ

खाता नम्बर ११३००३५३४६१० (बचत खाता )

धन्यबाद । जय मगर आम संचारकर्मी संघ, जय मगर मिडिया ।

देब पचभैया मगर

आर्थिक ब्यवस्थापन संयोजक एबं भेला आयोजक समिति

मोबाईल ः९८४७१०३४३२ र ९७४७०४६३१३