देब पचभैया
पाल्पा, माघ ९
पाल्पाको झडेवामा भएको जीप दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने २२ जना घाईते भएका छन् ।घाईते मध्ये एक जनाको अवस्था गंभिर छ ।
बुटवल बाट पाल्पाको गोठाडी जादै गरेको लु १ ज २०९२ नम्बरको जिप शनिबार बेलुकी सवा ५ बजे झडेवा ६ खापुक भन्ने स्थानमा दुर्घटना हुदा गोठाडी ७ की ३३ बर्षिया तिल कुमारी बाह्रघरेको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाईते २२ जनाको लुम्बिनि मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । घाईते मध्ये ठेगाना नखुलेका रामप्रसाद ज्ञवालीको अवस्था गंभिर रहेको अस्पतालले जनाएको छ ।जिप सडक बाट झण्डै शय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
