गोविन्द घर्ती ,देवदह ,
माघ ९
पहिचानको लागि सम्पूर्ण मगरहरु एकजुट हुनुको कुनै विकल्प नभएको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले भाषा, संस्कार र संस्कृतिको संरक्षण विना कुनैपनि जातिको पहिचान हुन नसक्नेमा जोड दिएका थिए । नेपाल मगर युवा संघ देवदह नगरसमितिको प्रथम बार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
कार्यक्रममा बोल्दै नेपाल मगर युवा संघका बरिष्ठ केन्द्रिय उपाध्यक्ष मिलन थापाले जारी संविधानमा मगरहरुको अधिकार स्थापित नभएको बताउनु भयो । उहाले मगहरुको भाषा, संस्कार र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न कुनै पहल नगरेको बताउनु भयो । उपाध्यक्ष थापाले युवाहरु समाजमा रहेको विकृति र विसंगतिलाई हटाउदै देशको विकासमा लाग्नु पर्नेमा जोड दिनु भयो । नेपाल मगर युवा संघ देवदह नगरसमितिका अध्यक्ष विनोद थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा संघका जिल्ला सदस्य हुमबहादुर डिसुवा, नेपाल मगर संघ देवदह नगरसमितिका अध्यक्ष लालबहादुर दर्लामी, फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहा, नेपाल मगर विद्यार्थी संघ रुपन्देहीका अध्यक्ष तेजबहादुर राना, नेपाल मगर संघ सैनामैना नगरसमितिका अध्यक्ष सूर्यविक्रम राना, आदिवासी जनजाति महासंघ देवदह नगरपषिदका बोमबहादुर गुरुङ्ग, देवदह नगरसमितिका सचिव जसु पुन, एकिकृत माओवादीका कृष्ण ढकाल, देवदह व्यापार संघका ठाकुरप्रसाद गौतम, देवदह बोडिङ्ग स्कुलका विष्णु पौडेल, खेमबहादुर थापा लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
कार्यक्रममा नेपाल मगर युवा संघलाई सहयोग गर्ने चन्दादाता, सहयोगी संघसंस्था, मिडिया, सञ्चारकर्मी, कलाकार लगायत १६ जनालाई सम्मान गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष विनोद थापाले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सृजना बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विभिन्न जातीय संस्कृति झल्कीने सांस्कृतिक प्रस्तुती गरिएको थियो । संघका उपाध्यक्ष जीवन मगरको स्वागत, हिमाल सारु र चित्रबहादुर सुनारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

