ईप्सा खेलकुद महोत्सव–२०७२ को उद्घाटन

Read Time:2 Minute, 59 Second

गोविन्द घर्ती

देवदह माघ ८ । उच्च शिक्षाको अध्ययनमा नीजि विद्यालयका विद्यार्थीहरुलाई राज्यले विभेद गर्ने गरेको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले संस्थागत विद्यालयहरुको अस्तित्व राज्यले स्वीकार गर्न नसक्दा नीजि विद्यालयका विद्यार्थीहरु उच्च शिक्षाबाट बन्चित हुनु परेको बताएका थिए ।
पुर्वी क्षेत्र नीजि विद्यालय ईप्सा रुपन्देहीद्धारा आयोजित ईप्सा खेलकुद महोत्सव–२०७२ को उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले शिक्षाको विकासमा नीजि विद्यालयको अह्म भूमिका भएपनि सो अनुसार राज्यले नीजि विद्यालयलाई सम्मान गर्न नसकेको बताएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले नीजि विद्यालयलाई लगाउदै आएको कर हटाउनु पर्नेमा जोड दिएका थिए ।
ईप्सा रुपन्देहीका अध्यक्ष एकनारायण काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सनका केन्द्रिय उपाध्यक्ष लोकनाथ उपाध्याय, प्याव्सन रुपन्देहीका सल्लाहकार कृष्ण खनाल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याव्सनका उपाध्यक्षद्धय लालहरी पाण्डे, लेखनाथ पौडेल, कोषाध्यक्ष लक्ष्मण ज्ञवाली, सहसचिव विनोद ज्ञवाली, विविसीका पत्रकार माधव नेपाल, राप्रपा नेपालका ऋषिराम रेग्मी, देवदह व्यापार संघका कोष बहादुर गुरुङ, देवदह साप्ताहिकका त्रिलोचन दहाल लगायतले बोल्दै खेलकुदको माध्यमबाट समाजमा रहेका विकृति हटाउन सकिनेमा जोड दिएका थिए ।
१२ वटा विद्यालयका विद्यार्थीहरुको सहभमागिता रहेको खेलकुद महोत्सव १२ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । देवदह–८, शितलनगर देखि विभिन्न नाराका प्लेकार्ड सहीत शुरु भएको ¥याली खैरेनीको खेलमैदान पानवारीमा आएर सभामा परिणत भएको थियो । ईप्सा रुपन्देहीका उपाध्यक्ष एवं खेल संयोजक बोधराज गौडेलको स्वागत र सचिव राम बहादुर गुरुङको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %