गोविन्द घर्ती
देवदह ७ माघ । देवदह खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन प्रक्रिया सम्पन्न भई मतगणना परिणाम सार्वजनिक भएको छ ।
जस अन्र्तगत अध्यक्षमा नमराज पुरी विजयी भएका छन । नमराज पुरीले ७ सय ६५ मत प्राप्त गरी विजयी हुनु भएका छन भने पुरीका प्रतिद्धन्द्धी पदम थापाले ७ सय ५१ मत प्राप्त गरेका छन ।
त्यसैगरी उपाध्यक्षमा मिना देवी रिजालले ७ सय ६६ प्राप्त गरी विजयी भएकी छिन भने प्रतिद्धन्द्धी मिना श्रेष्ठले ७ सयय १० मत प्राप्त गर्नु भएकी छिन । सचिवमा झगरीलाल शर्माले ७ सय ६४ प्राप्त गरी विजयी भएका छन भने, प्रतिद्धन्द्धी टंकप्रसाद पोखरेलले ७ सय २१ र कोषाध्यक्षमा गुमान सिंह कुवरले ७ सय ६६ प्राप्त गरेका छन । प्रतिद्धन्द्धीका रामप्रसाद कडेलले ७ सय ११ मत प्राप्त गरेका छन । त्यसैगरी वडा नं ६ को वडा सदस्यमा शोभा थापाले १ सय ७५, केशवर बहादुर पुनले १ सय ६८ मत प्राप्त गरी विजयी भएका छन भने, प्रतिद्धन्द्धी भविन्द्र थापाले १ सय ३७ र फत्त बहादुर घर्तीले १ सय ४३ मत प्राप्त गरेका थिए ।
वडा नं ७ को वडा सदस्यमा रुक्मागत भारतीले १ सय ५७ प्राप्त गरी विजयी भएका छन भने प्रतिद्धन्द्धी सावित्री सारुले १ सय ६ मत प्राप्त गरेका थिए । वडा नं ८ मा वडा सदस्यमा कृष्ण बहादुर क्षेत्रीले ३ सय २५, शोभाखर ढकालले ३ सय ३५ प्राप्त गरी विजयी भएका छन भने प्रतिद्धन्द्धी मन बहादुर पौडेलले २ सय ८३ र दुर्गा प्रसाद कडेलले २ सय ९९ मत प्राप्त गरेको निर्वाचन मण्डलले जनाएको छ । वडा नं ९ को वडा सदस्यमा रिम बहादुर ढेंगाले १ सय २० मत प्राप्त गरी विजयी भएका छन भने प्रतिद्धन्द्धी खरसिं श्रीसले ९२ मत प्राप्त गरेका छन । वडा नं १० को वडा सदस्यमा केशवराज रेग्मीले ४० मत प्राप्त गरी विजयी भएका छन भने, प्रतिद्धन्द्धी कृष्ण भट्टराईले ३१ मत प्राप्त गरेका थिए ।
कुल मत २१ सय ९ मत मध्ये १५ सय ६१ मत खसेको थियो । निर्वाचनको परिणामको घोषणा सभामा बोल्दै नवनिर्वाचित अध्यक्ष नमराज पुरीले खानेपानीको विकासको लागि सहमति र सकार्यबाट अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन । देवदह वासीलाई स्वच्छ, सफा खानेपानी खुवाउन नवनिर्वाचित टिम सदैव लाग्ने बताए ।
अध्यक्षमा नमराज पुरी विजयी
Read Time:3 Minute, 17 Second
