नाकाबन्दीको बावजुद अमरिसंहचौरमा छैठौ पोखरा महोत्सव सुरु भएको छ । ‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ स्थापना भएको पोखरा युनाइटेड क्लवले छैठौ संस्करणको पोखरा महोत्सवलाई निरन्तरता दिएको हो । महोत्सव माघ १० गते सम्म चल्नेछ । महोत्सवमा दोश्रो संस्करणको खुल्ला एकल नृत्य प्रतियोगिता पोखरा तारा २ पनि हुँदैछ । नेपाली संस्कृतिलाई उजागर गर्दै नया प्रतिभाको खोजीका लागी उक्त प्रतियोगिता गरिएको क्लवका अध्यक्ष हिमालय बख्रेलले बताए ।
विशुद्ध नेपाली संस्कृति र आधुनिक ढंगको नृत्य हुनुपर्ने उक्त प्रतियोगितामा प्रथम हुनेलाई पोखराको ताराको उपाधी सहित ५० हजार, र म्युजिक भिडियो खेल्ने पाउनेछ । द्धितियलाई २५ हजार र म्युजिक भिडियो खेल्ने अवसर प्रदान गरिने पनि उनले बताए । सान्त्वनालाई ५ हजार सहित आकर्षण पुरस्कार प्रदान गरिने भएको छ ।
महोत्सवमा पोखरा तारा
Read Time:1 Minute, 24 Second
