संघीय गणतान्त्रिक जनमुक्ति पार्टी रुपन्देहीको आयोजनमा २६ औं स्थापना दिवस
गोविन्द घर्ती ६ माघ
ताजा जनादेश विना देशले निर्णायक निकास पाउन नसक्ने संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका महासचिव केशव सूयवंशीले बताउनु भएको छ । उहाले अहिलेको देशको समस्या समाधानको लागि संघीय संसदको निर्वाचन नै उपयुक्त निकास भएको बताउनु भयो । नेता सूर्यवंशीले वार्ता र संविधान संशोधनको नाममा देशलाई वर्वादी तर्फ धकेलिरहेको बताउनु भयो ।

संघीय गणतान्त्रिक जनमुक्ति पार्टी रुपन्देहीको आयोजनमा २६ औं स्थापना दिवसको अवसरमा मंगलापुरमा आयोजित कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले सरकार भ्रष्टचारी, कालोवजारीको कष्ठपुतली बनेको भन्दैै बर्तमान अवस्थामा सही राष्ट्रिय निकासको खोजी तर्फ सरकार गंभिर नभएको आरोप लगाउनु भयो । महासचिव सूर्यवंशीले अहिलेको समस्या राजनैतिक समस्या भएकोले यसलाई राजनैकि रुपले समाधान गर्नुपर्नेमा जोड दिनु भयो । संघीय गणतान्त्रिक जनमुक्ति पार्टीले उठाएको मुद्दा राष्ट्रिय मुद्दाको रुपमा स्थापित भएपनि सही तारिकाले संविधानमा उल्लेख नभएको बताउनु भयो ।
संघीय गणतान्त्रिक जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष झमबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य एवं राष्ट्रिय महिला मोर्चाका केन्द्रीय अध्यक्ष होमाया गुरुङ्ग, संघीय परिषद सदस्य कमला थापा, राष्ट्रिय युवा मोर्चाका केन्द्रीय अध्यक्ष बोमबहादुर दर्लामी, क्षेत्रीय अध्यक्ष छत्रबहादुर दर्लामी लगायतले बोल्दै जारी संविधानमा जादिवासी÷जनजाजाति, मधेशी, दलित, पिछडावर्गहरुको अधिकार सुनिश्चित नभएकोले आन्दोलन गर्नुको अर्को विकल्प नभएको बताएका थिए ।
कार्यक्रममा पार्टीका संस्थापक सदस्यहरुलाई सम्मान गरिएको थियो । जिल्ला उपाध्यक्ष मधुरानाको स्वागत र सचिव चित्रप्रसाद गुरुङ्गको संचालनमा भएको कार्यक्रममा पार्टीका क्रियाशिल कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


