कास्कीका मगरहरूले धुमधामपूर्वक मनाए माघे संक्रान्ति

Read Time:2 Minute, 49 Second

रूद्र श्रीसमगर
पोखरा, १ माघ
कास्कीका आदिवासी जनजाति मगरहरूले आफ्नो महत्वपूर्ण चाड माघे संक्रान्ति पर्व धुमधामका साथ मनाएका छन् । मगर जातिले यस पर्वलाई नयाँ वर्ष र पितृलाई सम्झने दिनका रूपमा मनाउँदै आएका छन् ।
माघे संक्रान्ति पर्वका अवसरमा नेपाल मगर संघ कास्कीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रममा नाचगान र खानपानसहित आफ्नो जातीय भेषभूषामा सजिएका मगरहरू रमाए ।
कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रशासकीय अधिकृत रामजी कोइरालाले सबै जातजातिको चाड पर्वलाई राज्यले उत्तिकै मान्यता दिएको बताउनुभयो । नेपालको जातीय, भाषिक तथा सांस्कृतिक विविधताको सम्मान गर्दै राज्यले सबै जाति र समुदायलाई समान व्यवहार गरेको कोइरालाले दाबी गर्नुभयो ।
पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. केशरजंग बरालमगरले माघे संक्रान्ति मगर जातिको मौलिक सांस्कृतिक चाड भएको जनाउँदै अन्य जातिमा भन्दा मगर जातिमा माघे संक्रान्तिको पृथक महत्व रहेको बताउनुभयो ।
अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा मगर अगुवा बालकृष्ण काउछामगर, नेपाल मगर संघ कास्कीका संस्थापक अध्यक्ष क्या. कृष्णबहादुर थापामगर, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, कास्कीका अध्यक्ष राजकुमारी भुजेल, नेपाल तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्, कास्कीका सचिव चेतबहादुर तमु, नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीका अध्यक्ष क्या. पूर्णबहादुर ह्योल्मो, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय प्रचार सचिव फरेन्द्र थापामगर, नेपाल मगर संघ कास्कीका सह–सचिव संगीता पुनमगर, कोषाध्यक्ष कुमार थापामगर, सांस्कृतिक विभाग प्रमुख दुर्गाबहादुर थापामगर, जिल्ला सदस्य बुद्धिमाया थापामगरलगायतले बोल्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %