प्रवासबाट उद्घोष-आदिवासी जनजाती, उत्पीडितको न्यायको लागि शहीद बन्न तयार छु ,हिम्मत भए मार !

Read Time:3 Minute, 32 Second

-हरी घर्ती मगर

प्रसँग १३ अप्रील २०१२ युएईको राजधानी आबुधाबीको केरेला सोसियल सेन्टरको हो । तत्कालीन अवस्थामा म हालको नेपाल आदिवासी जनजाति परिषद् युएइको अध्यक्ष थिए । एमालेको प्रवास स्थित भात्री संस्था, प्रवासी नेपाली संघ युएईले केपी ओली प्रमुख अतिथी रहेको कार्यक्रममा, नयाँ वर्ष २०६९ को शुभकामना आदान-प्रदान कार्यक्रममा अतिथिको रुपमा उपस्थित भैदिनहुन भनी हाम्रो संस्थालाई समेत निमन्त्रणा पठाएकोले म अध्यक्ष रहेको आदिवासी जनजाति परिषद्ले, मलाई उक्त कार्यक्रममा अतिथिको रुपमा उपस्थित हुन, खटाएको थियो ।
साथै संविधान सभामा राज्यपूनर्सम्रचना एवं राज्यशक्तिको बाड्फाड समिले दिएको प्रतिवेदन अनुरुप पहिचानलाई प्रधान र सामर्थ्यलाई सहायक मानेर राज्यपूनर्सम्रचना एवं राज्यशक्तिको बाड्फाड हुनुपर्छ भन्दै, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई,संविधान-सभामा सवैभन्दा ठूलो दलका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” नेपाली कांग्रेस, एमाले दलका अध्यक्ष र सम्विधान मस्यौदा समितिका संयोजक निलाम्बर आचर्य समेतलाई ज्ञापनपत्र बुझाउने, नीति अनुरुप परिषद् को बैठकले, ज्ञापन-पत्र तैयार गर्दै, एमालेका तत्कालिन प्रभावशाली नेता केपी ओली युएई आएको मौकाछोपी, उहाँलाई पनि ज्ञापन-पत्र बुझाउन मलाई पठाएको थियो । उक्त कार्यक्रमा अतिथिको रुपमा सहभागी हुँदै, मैले ज्ञापन-पत्र लिएर केपी ओली तर्फ नजिकै के पुग्न थालेको मात्रै के थिए, केपीओलीको इसारामानै, उसका गुण्डाहरुले मलाई मलाई अत्यन्तै अपमानजनक किसिमले, जहानिया राणा शासन र पन्चायती हुकुमी शासनको अवस्थामा समेत दिन पाइने विन्ती-पत्रको निश्चित मापदण्डलाई समेतलाई पछि धकेलेर मलाई धकेल्दै र घिच्याउदै बाहिर निकाले, मैले, लोकतान्त्रिक विधि र पद्धति अनुरुपको यो ज्ञापन-पत्र मैले केपी ओलीलाई दिन नपाउने ..? यसरी अपमानजनक किसिमले धकल्ने र घिच्याउने मात्रै होइन,हिम्मतभए मार, म प्रवासमा नेपाली आदिवासी जनजातिको पहिलो सहिद बन्न चाहन्छु भनेर उद्घोष गरे ।अफसोच ! आज नेपाल मगर सघ केन्द्रिय समिति काठमाडौंको आयोजनामा मगरहरुको राष्ट्रियपर्व माघे-सक्रान्तिको अवसरमा, तिनै पहिचान विरोधी केपी ओलीलाई हाम्रो माउसंस्थाले प्रमुख अतिथी बनाएकोमा मर्माहत भएकोछु ।

भूपू अध्यक्ष
नेपाल मगर संघ युएई
एवं
आदिवासी जनजाति परिषद् युएई

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %