पाल्पाका सिकर्मी र डकर्मीहरुले सिडियो र स्थानिय बिकास अधिकारीलाई भने जानकारी नै छैन, कसरी सुरक्षित भवन बनाउ ?

Read Time:2 Minute, 32 Second

देब पचभैया

पाल्पा, माघ २ – पाल्पाका घर तथा भवन निर्माण कर्मीहरुले सुरक्षित भवन निर्माणको बारेमा आफुहरुलाई जानकारी नै नभएको गुनासो गरेका छन् ।

१८ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा शनिबार तानसेनमा आयोजित कार्यक्रममा सहभागी भई उनीहरुले पाल्पा सदरमुकाम तानसेनमा मात्रै सात शय बढी सिकर्मी र डकर्मी रहेपनि कसैसंग पनि  भुकम्पिय सुरक्षाका भवन निर्माण सम्बन्धी जानकारी नभएको बताएका हुन् ।

ईन्जिनियरले जस्तो जुकै नक्सा बनाएपनि आफुहरुले काम गर्दा अनुभवको आधारमामात्रै काम गरेको भन्दै सुरक्षित भवन निर्माणको लागी तत्काल तालिमको ब्यवस्था गरिदिन प्रमुख जिल्ला अधिकारी र स्थानिय बिकास अधिकारीसंग उनीहरुले आग्रह गरेका छन् ।

१० बर्षको अवधीमा ५० बढीले सुरक्षित भवन निर्माण सम्बन्धी तालिम पाएको तर प्राय सबै बिदेशीएकाले आफुहरु संग तालिम प्राप्त प्राबिधिक नभएको भवन तथा बाटो निर्माण कर्मी संघ पाल्पाले अध्यक्ष सुरेश कर्माचार्यले गुनासो गर्नुभयो । टाई बिम  भन्दा पनि गिटी बालुवाको रेशियो समेत मिलाउन नजान्नेहरुले बाध्य भएर भवन निर्माण गर्नुपरेको भन्दै उहाले दक्ष प्राबिधक उत्पादनको लागी सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

निर्माण ब्यवशायी प्रेम बुढाले घर निर्माणको लागी नगरपालीकाले  पनि नक्सा मात्रै हेरेको भन्दै नक्सा अनुसारकाम गर्ने आफुहरु संग सुरक्षित भवन निर्माणको ज्ञान नहुदा नक्सा अनुसार काम गर्न नसकेको गुनासो गर्नुभयो ।

कार्यक्रममा शहरी बिकास तथा भजवन डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रकाश अर्यालले बजेटको अभाबमा तालिम संचालन गर्न कठिनाई भएको जानकारी दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %