युवा बर्गलाई विदेश पलायन हुनबाट रोक्न सहकारीहरुले व्यवसायीक क्षेत्रमा लगानी

Read Time:2 Minute, 14 Second

गोबिन्द घर्ती

पौष ३० । सहकारीहरुले उत्पादशिल क्षेत्रमा लगानी गर्नुपर्ने रुपन्देहीको देवदह नगरपालिका–५, केरवानीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले सहकारीका शेयर सदस्यहरुको आर्थिक स्तर वृद्धि गर्न व्यवसायीक उत्पादन क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए । तलाउ महिला कृषि सहकारी संस्था देवदहको दोश्रो साधारणसभामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले सहकारीले आर्थिक उपार्जनका क्रियाकलाप गर्नुपर्नेमा जोड दिएका थिए । घिमिरेले सहकारीले संचालन गरेको वंगुर पालन व्यवसाय देवदह क्षेत्रको नमुनाको रुपमा लैजान सहकारीका शेयर सदस्यहरु लाग्नु पर्नेमा जोड दिए । अधिकृत घिमिरेले युवा बर्गलाई विदेश पलायन हुनबाट रोक्न सहकारीहरुले व्यवसायीक क्षेत्रमा लगानी गरी आत्म निर्भर बनाउनु पर्ने बताए ।
सहकारीका अध्यक्ष निर्मला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वरपिपल सहकारी संस्थाका अध्यक्ष तेज लाल डुम्रे, सहकारीका पुर्व अध्यक्ष राजारानी चौधरी, महिला जागरण सहयोग समुहका उपाध्यक्ष पुष्पा चौधरी लगायतले आ–आफना भनाई राखेका थिए । कार्यक्रममा कोषाध्यक्ष सकुन्तला चौहानले करिव १७ लाख बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष पन्ना देवी चौधरीको स्वागत र सचिव लिल माया गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %