राज्यसत्ता,
काठमाण्डौ,पुस २९ – नेपाल मगर महिला संघले बिज्ञान तथा प्रबिधी मन्त्री माननीय शिबलाल थापा मगरलाइ उहाँकै कार्यकक्षमा हिजो बधाई तथा शुभकामना कार्यक्रम सुसम्पन्न गर्यो ।

(मन्त्री थापा,सांसद शिमा बि.क र नेपाल मगर महिला संघका प्रतिनिधीहरू)
नेपाल मगर महिला सँघका केन्द्रिय अध्यक्ष गंगा खासु मगरको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले खादा लगाई बधाई तथा शुभकामना प्रकट गर्दै कार्यकाल सफलताको कामना गरे ।
त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रीक) नेपालको काठमाण्डौ र ललीतपुर जिल्ला समितिले पनी मन्त्री मगरलाई पार्टी कार्यलयमा गएर बधाई तथा शुभकामना दिएका थिए । शुभकामनाको अवसरमा राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रीक) नेपालकी सांसद तथा पार्टीका सचेतक शिमाकुमारी बि.कको समेत उपस्थित थियो । अध्यक्ष शिबलाल थापाको अध्यक्षतामा बसेको बैठकले बर्तमान राजनितिक समसामायिक बिषयमा बैठक पनि सम्पन्न गरेको केन्द्रिय सदस्य देब दुराले राज्यसत्तालाई जानकारी दिए ।

(ललितपुर जिल्ला समितिका अध्यक्ष किष्णबहादुर लामा मन्त्रीलाइ बधाइ दिदै)
एउटै मन्त्रालय रहेको जनसंख्या तथा बाताबरण र बिज्ञान तथा प्रबिधी मन्त्रालयलाई फुटाएर एउटै भवनमा दुई मन्त्रालय रहेको छ । जनसंख्या तथा बाताबरण मन्त्रालयमा दलित तथा जनजाति पार्टीका नेता मनानिय सांसद बिश्वेन्द्र पाशावान मन्त्री रहेका छन । सो पार्टीमा उनि एक्ला सांसद हुन । दोस्रो संबिधान सभामा समानुपातिक तर्फबाट पार्टीले दुई सिट पाएको केहि समय पछि यशोदा लामाले पार्टी फुटाएका थिए ।
नेपालकै नमुना मन्त्रालय बनाउछु :
बिदेशमा बिज्ञान तथा प्रबिधी मन्त्रालयले बैज्ञानिकहरु उत्पादन गर्ने र बैज्ञानिकहरुलाई कजाउने थलो भएकोले एउटा राम्रो र उच्च श्रेणीको मन्त्रालय मानिन्छ । तर, नेपालमा भने बैज्ञानिकहरु आफै उत्पादित भए पनि उनिहरुलाई सरकारले कुनै हौसला र सहयोग गरेको देखिदैन । त्यसैले यो मन्त्रालयमा न बजेट छ, न कोही पूर्बाधार योजनाहरु छन , न कोही मन्त्रीहरु यस्मा काम गर्न ईच्छुक छन । मन्त्री चढ्ने गाडी समेत छैन, सहसचिबले चलाउने बिगे्रको गाडीलाई मर्मत गरे र चलाई रहेको छु । जिरो बाट काम सुरु गर्दै छु , अब यस्लाई नेपालकै नमुना मन्त्रालय बनाउन लागी परेको मन्त्री मगरले भने ।
जनजातिका पर्बलाई ६ लाख रुपैया मात्रै ?
अब देखि सरकारले हरेक बर्ष आदिबासी जनजातिका पर्बलाई ६ लाख रुपैया दिने निर्णय भएको मन्त्री मगरले गएको प्रतिनिधी मण्डललाई जानकारी दिए । गएको बर्ष मगरको मांंधेसक्रान्तीलाई ५ लाख रुपैया दिएको भएता पनि यो बर्ष बिनासकारी भूकम्पले गर्दा एक लाख रुपैया मात्र दिने सरकारको निर्णयलाई मन्त्री थापाको जोडबलले ६ लाख रुपैया दिने नजिर बसालेको प्रतिनिधीमण्डललाई जानकारी दिएका थिए ।
उनले सुरुमा सबै जातजातिको पर्बलाई ५० लाख रुपैया दिनु पर्ने माग राखेता पनि आफु अल्पमतमा परेकोले बार्गेनींग गर्दै जादा ६ लाख रुपैयामा पास भएको बताए ।
