गोविन्द घर्ती
पौष २५ ,
स्वच्छ र सफा खानेपनी सम्पूर्ण नेपालीहरुको पहुचमा पुग्नु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले सम्पूर्ण नेपाली नागरिकहरुको पहुचमा स्वच्छ खानेपानी पु¥याउन राज्यको दायित्व भएकोमा जोड दिएका थिए । देवदह खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रथम अधिवेशन (आमभेला)–२०७२ को अवसरमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रमको उद्घाटन गर्दै रुपन्देही क्षेत्र नं १ का सांसद अव्दुल रज्जाकले विकासको लागि राजनैतिक दलहरु एकजुट हुनुको कुनै विकल्प नभएको बताउनु भयो । नेपाली काग्रेस रुपन्देहीका सभापति समेत रहनु भएका सासद रज्जाकले सहकार्य र सहमतिले मात्र अहिलेको समस्याको समाधान हुने भएकोले वार्ता र सम्वादबाट निकास निकाल्नु पर्नेमा जोड दिनु भयो । उहाले संविधानमा छुटेका विषय विस्तुहरु संविधान शंसोधन मार्फत समावेश गर्दै जाने पर्नेमा जोड दिनु भयो । उहाले जारी संविधान कार्यान्वयनको लागि सम्पूर्ण राजनैतिक दल, बुद्धिजीवि र आमनागरिक आ–आफनो ठाउबाट लाग्नु पर्नेमा जोड दिनु भयो । सभासद रज्जाकले देवदह क्षेत्रको विकासको लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । देवदह खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष जसमान गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, जिल्ला खानेपानी डिभिजन कार्यालय रुपन्देहीका ईन्जिनियर देवीप्रसाद पाठक, नेपाली काग्रेसका जिल्ला सचिव हिराबहादुर खत्री, नेकपा एमालेका जिल्ला सचिवाल सदस्य ध्रुवप्रसाद खरेल, एकिकृत नेकपा माओवादीका जिल्ला सदस्य प्रजापति सापकोटा, देवदह नगरविकासका अध्यक्ष दिल्लीराज मरासिनी, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय पार्षद माधव रिमाल, क्रान्तिकारी माओवादीका जिल्ला सदस्य ऋषिराम लामिछाने, नेकपा माओवादीका मुक्ति अर्याल, एमालेका जिल्ला सदस्य रेवती घले लगायतले बोल्नु भएको थियो । कार्यक्रममा समितिका अध्यक्ष जसमान गुरुङ्ग र सचिव नमराज पुरीले प्रगति प्रतिवदेन, कोषाध्यक्ष दुर्गाबहादुर रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा पुर्व समिति, सल्लाहकार, कर्मचारीहरुलाई सम्मान गरिएको थियो । समितिका सदस्य केशव रेग्मीको स्वागत र सचिव नामराज पुरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
