जागिर बाट निकालेपछि बिष सेवन गरी आत्महत्या

Read Time:1 Minute, 5 Second

देब पचभैया 

पाल्पा, पौष २५

दुई बर्ष सम्म काम गरेको कार्यालय बाट हट्नु परेको भन्दै पाल्पामा एक महिलाले आत्म हत्या गरेका छन् ।
तानसेन स्थित एनसेल मोबाईल कम्पनीमा काम गर्दे आएकी गुल्मी रुरु ७ की ४१ बर्षिया सपना रसालीले बिष सेवन गरी आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
तानसेनको सिलखानटोलमा रहेको एनसेल मोबाईल कम्पनी दुई हप्ता अघि देखि अर्के ठेकेदारले लिएको र आफ्नो ठाउमा अर्कै कर्मचारीले काम गरेपछि उनले आत्म हत्या गरेको हुन सक्ने प्रहरी र आफन्तले अनुमान गरेका छन् ।
सिद्धेश्वर माईत रहेको सपनाले बिहेभएको नौ महिनामै श्रीमान गुमाएकी थिईन् । उनको छोरा छोरी पनि कोही नभएको आफन्तले बताएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %