रूद्र श्रीसमगर
पोखरा, २५ पुस
पोखरा–१०, रामघाटस्थित जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने छाला तथा स्वास्थ्यसम्बन्धी तालिम सम्पन्न भएको छ ।
शनिबार नेपाल मगर संघ कास्कीको सभाकक्षमा आयोजित तालिममा छाला तथा स्वास्थ्य र सौन्दर्यतासम्बन्धी सौन्दर्यकर्मी सावित्री पुन र मनोसामाजिक परामर्शसम्बन्धी इन्दिरा थापाले प्रशिक्षण दिनुभएको थियो । छालाको स्वास्थ्यका बारेमा सचेतना जगाउने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष सरस्वती रानाले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष सरस्वती रानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष निर्मल थापा, शिक्षा उपसमिति संयोजक निर्मला आले, लेखा समिति सदस्य मोहनसिंह थापालगायतले बोल्नुभएको थियो भने ४० जना प्रशिक्षार्थी सहभागी थिए ।
जनचेतना सहकारीको छाला तथा स्वास्थ्यसम्बन्धी तालिम
Read Time:1 Minute, 15 Second
