गोविन्द घर्ती
देवदह पौष २४ । थारुहरुको अधिकार संविधानले सम्वोधन गर्न नसकेको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले थारुहरुको अधिकार स्थापित गर्न लाग्नु पर्नेमा जोड दिएका थिए । माघे संक्रान्तिको पुर्व सन्ध्यामा थारु कल्याणकारिणी सभा देवदह नगर समितिद्धारा आयोजित २६४० औं नवबर्ष खिचडी महोत्सवको अवसरमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
सो अवसरमा बोल्दै थारु कल्याणकारिणी सभा रुपन्देहीका अध्यक्ष रामबली चौधरीले नेपालमा अहिले सम्म थारुहरुको भाषामा विद्यालय स्थापन हुन नसकेको बताए । चौधरीले थारु भाषामा विद्यालय स्थापना नहुदा थारुहरु भाषागत रुपमा पछाडि परेको बताए ।
अध्यक्ष थारुले राज्यको हरेक तहमा समानुपातिक रुपमा थारुहरुलाई पनि सहभागिता गराउनु पर्नेमा जोड दिए । थारुले माघे संक्रान्ति पर्व थारुहरुले संस्कृतिको संरक्षण संगै नयाबर्षको रुपमा मनाउदै आएको बताए । थारु कल्याणकारिणीसभा देवदहका अध्यक्ष निर्मला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु संस्कृति संग्राहलयका अध्यक्ष अनिरुद्र चौधरी, देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, सभाका सल्लाहकार प्रेम चौधरी, रजाड सांस्कृतिकका दुर्गा थारु, केरवानी स्वास्थ्य चौकीका ईश्वरी ढुगाना, नेपाली काग्रेसका वासुदे रिमाल, देवदह अपाङ्ग समाजका वालकुमार श्रेष्ठ, रेडियो देवदहका गोविन्द घर्ती, तलाउ कृषि महिाल सहकारीका लिलमाया गुरुङ्ग, समाजसेवी मोहन जिसी, लगायतले आ–आफना भनाई राखेका थिए ।
विभिन्न जातीय झाकी सहितको ¥यालीले भवानीपुरको परिक्रममा गरी देवदह–४, पिपहीयामा गएर सभामा परिणत भएको थियो । सभामा उपाध्यक्ष चन्द्रिका प्रसाद थारुको स्वागत र सचिव दिनेश चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
२६४०औं नवबर्ष खिचडी महोत्सव
Read Time:2 Minute, 45 Second
