रुपन्देहीको देवदह नगरपालिकामा राजनैतिक रुपमा भागवण्डा गरी वडा नागरिक मञ्च गठन

Read Time:3 Minute, 53 Second

गोविन्द घर्ती देवदह पौष २२ ।

रुपन्देहीको देवदह नगरपालिकामा राजनैतिक रुपमा भागवण्डा गरी वडा नागरिक मञ्च गठन गरिएको छ । विशुद्ध सामाजिक क्रियाकलापको लागि भन्दै राज्यले वडा नागरिक मञ्च गठन प्रक्रिया ल्याएपनि देवदह क्षेत्रमा भने राजनैतिक रुपमा भागवण्डा गरिएको छ । ठूलो राजनैतिक दललाई धेरै, प्रमुख पद र साना राजनैतिक दललाई थोरै र सहप्रमुख दिएर वडा नागरिक मञ्च गठन गरिएको हो । वडा नं १ मा नेपाली काग्रेसका रोमनाथ पाण्डे संयोजक र एमाओवादीका वालकुमार तामाङ्ग सहसंयोजक रहेको वडा नागरिक मञ्च गठन गरिएको छ । वडा नं २ मा एमाओवादीका लक्ष्मी सिग्देल संयोजक, एमालेका यमबहादुर सहसंयोजक, वडा नं ३ मा नेकपा क्रान्तिकारी माओवादीका चुरामणि भारती संयोजक, नेपाली काग्रेसका भगवनी गैरे सहसंयोजक, वडा नं ४ मा नेपाली काग्रेसका रुक्मागत न्यौपाने संयोजक, जनमुक्ति पार्टीका मिना परियार सहसंयोजक रहेको छ । त्यसैगरी वडा नं ५ मा एमालेका निर्मला चौधरी संयोजक, राप्रपाका तुल्सीराम चापागाई सहसंयोजक, वडा नं ६ मा एमालेका श्याम कुमार अर्याल संयोजक, नेपाली काग्रेसका शोभा न्यौपाने सहसंयोजक रहेको छ । यस्तै वडा नं ७ मा एमाओवादीका खेमनारायण अधिकारी संयोजक, राप्रपा नेपालका कापिला क्षेत्री सहसंयोजक, वडा नं ८ मा नेपाली काग्रेसका धनबहादुर नेपाली संयोजक, एमालेका निमैला अधिकारी सहसंयोजक रहेको छ । तयसैगरी वडा नं ९, मा नेकपा क्रान्तिकारी माओवादीका राजु भूजेल संयोजक, राष्ट्रिय जनमोर्चाका हरी केसी सहसंयोजक, वडा नं १० मा एमालेका विष्णु भट्टराई संयोजक, एमाओवादीका पुर्णदेवी चौधरी सहसंयोजक र वडा नं ११ मा एमाओवादीका सुन्दरी गिरी संयोजक र नेकपा क्रान्तिकारी माओवादीका एकनारायण रिजाल सहसंयोजक रहेको वडा नागरिक मञ्च गठन गरिएको छ । देवदह क्षेत्रमा हरेक सामाजिक क्रियाकलापमा पनि राजनैतिक रुपमा हस्तक्षेप हुदै आएको स्थानीयवासीहरुको गुनासो रहेको छ । चाहे त्यो विद्यालय व्यवस्थापन समिति गठनमा होस वा बाटो निर्माणमा होस समपूर्ण काममा राजनैतिक रुपमा भागवण्डा हुदै आएको र स्वतन्त्र रुपमा रहेकाले सामाजिक रुपमा काम गर्न कहिल्यै पनि मौका नपाउने स्थानीय बुद्धिजीविहरुको भनाई रहेको छ । देवदह क्षेत्रमा बसोवास गरेर सामाजिक रुपमा कार्यरत रहन कुनै न कुनै रानजैतिक पार्टीमा सामेल भएर लाग्नु पर्ने त्योपनि ठूलो भन्ने राजनैतिक दलमा । स्वतन्त्रमा सामाजिक कार्यगर्ने वातावरण निर्माण गर्न देवदहका सम्पूर्ण वासिन्दा लाग्नु पर्ने देखिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %