इजरायलमा तमु ल्होसार भव्यताका साथ सम्पन्न

Read Time:4 Minute, 59 Second

माया घले मगर,इजरायल 

बैदेशिक रोजगारको क्रममा इजरायलमा रहेका तमु समुदायको संस्था तमु समाज इजरायल र तमु प्ये ल्हु संघ इजरायलको सयुक्त आयोजनमा १ जनवरी २०१६ (शुक्रबार) बेलुका “तमु प्र-ल्होसार” कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ |

तमु समाज इजरायलको अध्यक्ष डिक कुमार गुरुङको सभापतित्वमा सुचारु भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास इजरायलका महामहिम राजदुत प्रल्हाद कुमार प्रसाई रहेका थिए । यसैगरी विशिष्ट अतिथि नेपाली राजदुतावास इजरायलका उपनियोग प्रमुख खड्ग प्रसाद दाहाल,बिशेषहरुमा अतिथिमा एनआरएन इजरायलका उपाध्यक्ष छिरिङ शेर्पा र नेपाल आदिवासी जनजाती महासंघ इजरायलका कावा अध्यक्ष श्रीमती डोमा शेर्पा रहेका थिए । अन्य अतिथिहरुमा इजरायलमा रहेका आदिवासी जनजाती समुदायका जातीय संस्थाका अध्यक्षहरुका साथै विभिन्न संघसंस्थाका अध्यक्ष मगर संघ इजरायलको प्रतिनिधि केशब राना मगर साथै प्रतिनिधिहरु र मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।

तमु प्र-ल्होसार कार्यक्रममा तमु समाज इजरायलकी उपाध्यक्ष सुश्री आशमाया गुरुङले स्वागत मन्तब्य राखेकी थिईन कार्यक्रममा प्र ल्होसार २०७२ मूल आयोजक समितिका संयोजक तथा तमु प्ये ल्हु संघ इजरायल अध्यक्ष श्रीमती उमा गुरुङ, प्र ल्होसार २०७२ मूल आयोजक समितिका स-संयोजक तथा तमु समाज इजरायलका प्रथम उपाध्यक्ष श्रीमती निर्मला गुरुङले प्र ल्होसार २०७२ को शुभकामना मन्तव्य राखेकी थिईन् | यसै गरी तमु प्ये ल्हु संघ इजरायलका महासचिव दिपेन गुरुङले तमु प्र ल्होसारको शुभकामान व्यक्त गर्नु हुँदै तमु प्र ल्होसार सम्बन्धित प्रकास परेका थिए ।

शुभकामनाको क्रममा बिशेष अतिथि नेपाल आदिबासी जनजाति महासंघ इजरायलका कावा अध्यक्ष श्रीमती डोमा शेर्पा र बिशेष अतिथि एनआरएन इजरायलका उपाध्यक्ष श्री छिरिङ शेर्पाले तमु प्र ल्होसारको शुभकामना मन्तव्य राखेका थिए ।

आयोजक संस्थाका कलाकारहरु द्वारा तमु कला तथा संस्कृति झल्कने विभिन्न निर्त्य र तमु भाषाको गीतहरु प्रस्तुत गरिएको थियो भने इजरायलवासी स्थानीय कलाकारहरुको पनि निर्त्य तथा गीतहरु प्रस्तुत गरी ल्होसार कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाएका थिए । रात्रि भोज सहित बिहानको ४ बजे सम्म कार्यक्रम भव्यताको साथ चलेको थियो | ल्होसार कार्यक्रममा डिजे बिपिन तामाङको उत्कृष्ट डिजे संगीतले सबैको मन जितेको थियो |

कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदुत प्रल्हाद कुमार प्रसाईले प्र-ल्होसारको शुभकामना व्यक्त गर्नु हुँदै प्रवासी भूमिमा तमु समुदायको परम्परा तथा संस्कृतिलाई निरन्तरता दिदै ल्होसार कार्यक्रम दुई संस्थाले एकै थलोमा सम्पन्न गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरेका थिए ।

यसैगरी कार्यक्रमको अन्तमा तमु समाज इजरायलका अध्यक्ष तथा कार्यक्रमका सभापति डिक कुमार गुरुङले प्रे-ल्होसारको शुभकामना व्यक्त गर्नु हुँदै कार्यक्रम सफल पार्नको लागि उपस्थित सम्पूर्ण महानुभावज्यूहरुलाई धन्यवाद आभार व्य्क्त गरेका थिए साथै प्र्तक्ष्य अप्रतक्ष्य रुपमा कार्यक्रमलाई सहयोग गरी सफल तुल्याई दिने सबैलाई आभार व्यक्त गरेका थिए ।
कार्यक्रम सन्चालन उत्घोषिका द्वोय तमु समाज इजरायलका सचिव हरिमाया गुरुङ र महासचिव सानु गुरुङले कुशलतापुर्वक संचालन गरेकी थीइन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %