रूद्र श्रीसमगर
पोखरा, २१ पुस
तनहुँको घिरिङस्थित चन्द्रज्योति माविमा ५० हजारको छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ ।
युनाइटेड क्लब, पोखराका सचिव लालकाजी गुरुङ र शिक्षा समिति संयोजक राजु श्रेष्ठले स्थापना गर्नुभएको अक्षयकोषको रकम पशु विकास मन्त्री शान्ता मानवीले विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापक रनबहादुर रानालाई हस्तान्तरण गरेका थिए । सो अक्षयकोषको रकमबाट असहाय तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने क्लबका शिक्षा समिति संयोजक श्रेष्ठले जानकारी दिए ।
