आदिवासी जनजाति महिलाहरूका लागि जलवायु परिवर्तन र रेड प्लससम्बन्धी दुई दिने सचेतना कार्यक्रम सुरु

Read Time:3 Minute, 27 Second

रूद्र श्रीसमगर

पोखरा, २१ पुस
पोखरामा आदिवासी जनजाति महिलाहरूका लागि जलवायु परिवर्तन र रेड प्लससम्बन्धी दुई दिने सचेतना कार्यक्रम सुरु भएको छ ।


नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिर्वतन रेड साझेदारी कार्यक्रमको आयोजनामा मंगलबारदेखि सुरु कार्यक्रममा देशका विभिन्न जिल्लाबाट ३० जना आदिवासी जनजाति महिला प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

सो सचेतना कार्यक्रमको उद्घाटन गर्दै नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष एवं संगठन विभाग प्रमुख सूर्यबहादुर भुजेलले आदिवासी जनजाति महिलाहरू माथि नउठेसम्म आदिवासी जनजाति समुदाय माथि उठ्न नसक्ने बताइन । जलवायु परिवर्तन नेपालका कारण नभएको बताउँदै भुजेलले अर्काको कारण थोपरिएको समस्या न्यूनिकरणका लागि सचेत हुनुपर्ने बताइन । आदिवासी जनजातिहरूले आफ्नो अधिकारका बारेमा बुझे मात्र अधिकारका लागि संघर्ष गर्न सक्ने भुजेलको भनाइ थियो ।नेपाल आदिवासी जनजाति महासंघका महासचिव एवं सांसद् पेम्बा गुरुङ भोटेले जलवायु परिवर्तनले घर घरमा र चुलो चौकोमा समेत असर पारिरहेको भन्दै जलवायु परिवर्तन र यसको असरका बारेमा आदिवासी जनजाति महिलाहरू सचेत हुन आवश्यक रहेको बताए। विकसित देशहरूले जतिसुकै विकास गरे पनि अविकसित देशले विकासको फाइदा लिएपनि नकारात्मक असर भोग्नु परेको बताउँदै सांसद् भोटेले जलवायु परिवर्तनका बारेमा राज्यले लिने नीतिले आदिवासी जनजातिसँग प्रत्यक्ष सरोकार राख्ने उल्लेख गरे ।

जलवायु परिवर्तन रेड साझेदारी कार्यक्रमका कार्यक्रम अधिकृत टुंगा राईले जलवायु परिवर्तनका बारेमा आदिवासी जनजातिहरूको सरोकारका बारेमा बुझाउन सचेतना कार्यक्रम आयोजना गरिएको जनाउँदै जलवायु परिवर्तनले आदिवासी जनजातिहरूको संस्कृतिमाथि सोझै असर पारिरहेको बताए । जलवायु परिवर्तनले आदिवासी जनजाति समुदायमा प्रत्यक्ष असर पु¥याइरहेको उल्लेख गर्दै राईले आदिवासी जनजाति महिलाहरूको हक, अधिकार र सवाल सुनिश्चित गरिनुपर्नेमा जोड दिईन ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष पानबहादुर घर्ती, जलवायु परिवर्तन रेड साझेदारी कार्यक्रमका आर्थिक विभागका नवराज लामालगायतले पनि बलेका थिए । बुधबारसम्म चल्ने कार्यक्रममा कार्यक्रम अधिकृत राईसहित मोहनसिंह लामा, कुमार थापामगर, नवराज लामालगायतले सहजीकरण गर्नेछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %