तत्काल दोषी पत्ता लगाइ कडा कारबाही गर्न माग
रूद्र श्रीसमगर
पोखरा, १८ पुस
रेडियो बाराहीमा कार्यरत सञ्चारकर्मी टीका थापामगरमाथि बुधबार राती भएको साङ्घातिक आक्रमणको चौतर्फी विरोध भएको छ ।

सञ्चारकर्मी थापामगर रेडियो नियमित काम सकेर बुधबार राती १०ः४० बजे आफ्नो निवासमा फर्कने क्रममा नागढु·ाको ओरालोमा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले साङ्घातिक आक्रमण गरेको घटनाप्रति विभिन्न संघसंगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । मगर आमसञ्चारकर्मी समाज, कास्कीका कोषाध्यक्ष, संघीय प्रेस युनियन, कास्कीका कार्यसमिति सदस्य र नेपाल मगर विद्यार्थी संघ, कास्कीका जिल्ला सदस्य समेत रहेकी सञ्चारकर्मी थापामगरको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते सञ्चारकर्मी थापामगरको फेवा सिटी अस्पतालमा प्रारम्भिक उपचारपछि मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारपछि डिस्चार्ज गरिएको थियो ।
मगर आमसञ्चारकर्मी समाज, नेपालका केन्द्रीय संयोजक मनोज घर्तीमगर, कास्की जिल्ला अध्यक्ष रूद्रबहादुर हितानमगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय महासचिव गोमबहादुर रानामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका अध्यक्ष हुमबहादुर गुरुङ, नेपाल मगर विद्यार्थी संघ, गण्डकी अञ्चल समितिका सचिव प्रेम रोकामगर, कास्की जिल्ला अध्यक्ष नेत्र घर्तीमगर, क्रियाशील पत्रकार महिला समूह (डब्लूडब्लूजे) कास्कीका अध्यक्ष सरिता तिमिल्सिनालगायतले प्रेस विज्ञप्तिमार्फत् आक्रमणको घोर भ्रत्र्सना गर्दै तत्काल दोषी पत्ता लगाइ कडा कारबाहीको माग गरेका छन् । साथै, विज्ञप्तिमार्फत् सञ्चारकर्मीमाथि बेलाबखतमाथि हुने यस्ता आक्रमणले प्रेस जगत नै असुरक्षित बनेको भन्दै सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासनसमक्ष जोडदार माग समेत गरेका छन् ।
