विकल्प दाउरा

Read Time:6 Minute, 7 Second

मनोज घर्तीमगर
तस्वीर सौजन्य ः जुना आले
झन्डैै चार महिनादेखिको इन्धन अभावले सबैलाई रन्थन्याएको छ । भारतीय नाकाबन्दी र मुलुकभित्र मधेसवादी दलको आन्दोलनले हैरानी छ । नाकाबन्दीकै कारण पेट्रोलियम पदार्थसहित एलपिजी ग्याँस आउन पाएको छैन । एलपिजी ग्याँस नहुँदा सहरको जनजीवन कष्टकर बनेको छ । एउटा कोठामा थन्किएर ग्याँसमा खान पकाउने ठूलो जमात ग्याँस अभावले थला परेको छ ।


ग्याँसको हाहाकारले सबै अत्तालिएका छन् । गाउँबाट झर्ने हरेकजसो सवारी साधनमा दाउराको भारी देख्न पाइन्छ । ग्याँसमा खाना पकाउनेहरु बाध्य भएर विकल्पमा दाउरा प्रयोग गर्न थालेका छन् । सहरमा दाउरा बाल्न पनि भनेजस्तो सजिलो छैन । डेरामा बस्नेले दाउरा बाल्न पाउने सम्भावना कम छ । ‘घरबेटीले कोठामा चुह्लो बाल्न दिदैनन्, दाउराले खान पकाउन उनको रक्षान छेउमा चुलो बनाएको छु’ विद्यार्थी प्रकाश गुरुङ भन्छन् ।
ग्याँस बाड्ने लाइनमा हप्तादिन बस्दा पनि पाउँदैन । ग्याँस बिक्रेताकोमा रातभर लाइन लाग्नेहरु कति हो कति । तैपनि प्रयाप्त नहुँदा पाइदैन । ग्याँसमा खान पकाउनेहरु अहिले रक्षान हुँदै सडकसम्म पुगेका छन् । सरकारले छिटपुट बाँडेको ग्याँसमा कालोबजारी बढेको छ । हुनेखानेहरुले महङ्गोमा पनि ग्याँस किनेकै छन् । भारतीय सिमामा पुगेर ग्याँस भर्नेहरु बढेका छन् । ‘अघिपछि झन्डै १५ सय पढ्ने ग्याँसको मुल्य ६÷७ हजारमा पुगेको छ’ नगेन्द्र हमाल भन्छन्,‘सजिलै पो नपाइने हो, ६ हजार तिर्ने हो भने बल्याकमा जति पनि पाइन्छ । बाध्य भएर त्यही किन्नुपरेको छ ।’
कहिल्यै नबाल्नेहरु पनि दाउरा बाल्न बाध्य छन् । अहिले दाउराको माग बढेको छ । गाउँघरमा दाउरा उत्पादन गर्नेको भाउ बढेको छ । ठूला बंगलामा बसेर ग्याँस बाल्दै खान पकाउनेहरु पनि अहिले ग्याँस छाडेर दाउरामा झरेका छन् । ‘हरेक समस्याको समाधान हुन्छ, केही असहज भए पनि विकल्प खोज्नैप¥यो’ पोखरा–१० भिमबहादुर श्रीस भन्छन्,‘ग्याँसको विकल्प राइस कुकर थियो । बिजुली आउँदैन अहिले दाउरा बाल्छौं ।’
भारतले लगाएको नाकाबन्दीले थुप्रैको दैनिकी भताभुङ्ग नभए पनि प्रभावित बनेको छ । अघिपछि पेट्रोलियम पदार्थ बेच्ने सरस्वती गुरुङको दैनिकी पनि प्रभावित भएको छ । दाउरामा खान पकाउँदा यसले धेरै समय लिने हुँदा दैनिकलाई ठूलो असर पु¥याएको हो । ‘ग्याँसमा खाना पकाउन सजिलो र छरितो हुन्थ्यो’ सरस्वति भन्छिन्,‘चुल्हो बाल्नै ढिलो । बले पनि पाक्नै ढिलो । पाके पनि भाँडावर्तन सफा गर्न गाह्रो ।’
नयाँबजारीकि शान्ति सेनले पनि ग्याँसको विकल्पमा भुसे चुह्लो बाल्न थालेको महिना भइसक्यो । चिया पकाउन, पानि तताउनलाई मात्र जोडेको ग्याँस चलाउँछिन् ,खाना पकाउन भुसे चुल्हो । ‘जेजस्ता समस्य आए पनि जीवन त जसरी पनि चलाउनै पर्दोरहेछ’ उनी भन्छिन्, ‘गाउँबाट दाउरा मगाएको छु । सकिए ल्याउन खासै गाह्रो छैन ।’
बजारमा उपलब्ध वस्तुको मूल्य आकासिएको छ । अभाव देखाउँदै खाद्यान्नदेखि तरकारीको मूल्य वृद्धि गरिएको छ । जेजस्तो भए पनि स्थानीयले सामान खरिद गरेकै छन् । नाकाबन्दीको तनावले सताए पनि पोखरेली अभावसँग पौंठेजोरी खेलिरहेका छन् । तेल छैन । पेट्रोल सकियो । ग्याँस पाइदैन, बस चल्दैनन् । खाद्यान्न छैन भनेर गनगन गर्नेहरुका बिचमा बिकल्पको खोजी गर्नेहरु बढेका छन् । ‘स्याङ्जाबाट तीन सय रुपैंया भारती दाउरा किनेर ल्याएको छु । ग्याँस नभए पनि रोइलो गर्न जरुरी छैन’ स्काई टच रेष्टुरेन्टका संचालक बिबि बिष्ट भन्छन्,‘दाउरामा बालेर गेष्टलाई सेवा दिएका छौं । दाउरामा पकाउँदा झन् टेस्टी हुँदोरहेछ । गेष्टको सकरात्मक प्रतिक्रिया पाएका छौं ।’
समाजशास्त्री रामचन्द्र बराल अहिले नेपालमा आत्मनिर्भर बन्नुपर्छ भन्ने चेतना पलाएको सुनाउँछन् । संकट लम्बिएको लामो समय भइसक्दा पनि सरकारले सहज अवस्था बनाउन सकेको छैन । यस्तो संकटमा गुज्रिएका नेपालीहरुहरुमा आत्मनिर्भर बन्नुपर्छ भन्ने भावना बढ्नु र धैर्यशील हुनु सकारात्मक पक्ष हो । ‘भारतले फेरि दुःख दिन सक्छ भनेर दिगो विकल्प खोजौं भन्नेहरु बढेका छन्’ समाजशास्त्री रामचन्द्र भन्छन्,‘बाबुबाजेले दाउरा बालेर भए पनि चले । हामी पनि चल्छौं भनेर दाउरा बालेर पनि गुजारा टार्नेहरु बढेका छन् ।’ 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %