भेटघाट कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 4 Second

सोनु थापा मगर 

बुटवल । नेपाल मगर महिला संघ तिलोत्तमा – ११ समिति चार नम्बर आमा समूहले भेटघाट तथा परिचयात्मक कार्यक्रम यही पौष १५ गते का दिन अध्यक्ष चन्द्र कुमारी सुस्लिङ्ग मगरको अध्यक्षतामा चार नम्बर सूर्यपुरामा रहेको धार्मिक स्थल रानी पोखरीमा सम्पन्न गरेको छ ।
कार्यक्रम संघका निवर्तमान अध्यक्ष पवित्रा थापा मगरको प्रमुख आतिथ्यता , नेपाल मगर संघ ति.न.पा. – ११ का अध्यक्ष खुम बहादुर खासु मगरको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रम निवर्तमान अध्यक्ष खिम बहादुर खड्का मगर , सचिव उदय राज खड्का मगर, बेल बहादुर सारु, तथा ज्येष्ठ नागरीक गंगा बहादुर गाहा, मनिसरा हितान मगर लगायतका समाजसेवी तथा अतिथीहरुको उपस्थितीमा सम्पन्न भएको थियो । भेलामा भोजनको साथै सांस्कृतिक कार्यक्रमको साथ भब्यरुपमा सम्पन्न भएको संघका अध्यक्ष मगरले जानकारी दिनु भयो । भोजन ब्यबस्थापनका लागि संघका उपाध्यक्ष खगीसरा थापा, कोषाध्यक्ष उमा गाहा, र सम्पूर्ण रेखदेख संघका सचिव सुमित्रा आले मगरले गर्नु भएको थियो । कार्यक्रममा चन्द्र कुमारी सुस्लिङ्गले सम्पूर्णलाई धन्यवाद मन्तब्य ज्ञापन गर्नुभएको थियो । आउने वर्षमा पनि यसरी नै कार्यक्रम गरेर भाईचारा र मित्रतालाई अघी बढाउन प्रयास गरीने नेपाल मगर संघ तिलोत्तमा –११ चार नम्बर का सचिव उदय राज खड्का मगरले जानकारी दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %