पत्रकार टीका थापा मगर माथि अज्ञात समुहको आक्रमण- आक्रमणकारीलाई कडा कारबाहीको माग

Read Time:2 Minute, 21 Second

राज्य सत्ता काठमाडौं ,

 रेडियोमा कार्यरत पत्रकार टिका थापा मगर माथि भएको आक्रमण प्रती मगर आम संचारकर्मी समाजले प्रेश बिज्ञ्प्ती प्रकाशित गरी दोषी पहिचान गरी दोषी उपर कानुन बमोजिम कडा कारबाहीको माग गरेको छ । पढ्नोस प्रेश बिज्ञ्प्ती

मगर आमसञ्चारकर्मी समाज काठमाडौं

प्रेस विज्ञप्ति

रेडियो बाराही, पोखरामा कार्यरत मगर आमसञ्चारकर्मी समाज, कास्की शाखाका कोषाध्यक्ष टीका थापामगरमाथि बुधबार राती पोखराको नागढुंगामा अज्ञात व्यक्तिको समूहले गरेको आक्रमणप्रति मगर आम सञ्चारकर्मी समाजको गम्भीर ध्यानाकर्षण भएको छ । थापामगरमाथि भएको उक्त आक्रमणको समाज घोर भ्रत्र्सना गर्दछ । साथै आक्रमणकारीहरुको पहिचान गरि कानुन बमोजिम कारबाही गर्न स्थानीय प्रशासन र सरोकारवाला सबैमा आग्रह गर्दछ । रेडियोको नियमित काम सकेर राती ११ः४० बजेतिर घर फर्किदै गर्दा पोखराको नागढुंगा नजिकै मोटरसाइकलमा आएका अज्ञात व्यक्तिको आक्रमणमा परि थापामगरको टाउको र निधारमा गम्भीर चोट लागेको छ । मणिपाल शिक्षण अस्पतालमा उपचारपछि उहा“लाई शुक्रबार डिस्चार्ज गरिएको छ । पत्रकारमाथि बेलाबखतमा हुने यस्ता आक्रमणले पत्रकार र प्रेसजगत् सुरक्षित छैन भन्ने पुनः प्रमाणित भएको छ । आम पत्रकार एवं सञ्चारकर्मीको जीउधनको सुरक्षा र पेशागत सुरक्षाको सुनिश्चितता राज्यले बेलैमा नगरे श्रमजीवि पत्रकार, सञ्चारकर्मीहरू आफ्नो सुरक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि पछि पर्ने छैनौ“ । समाज घाइते पत्रकार थापामगरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

१७ पुस ०७२

…………………………

मनोज घर्तीमगर संयोजक

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %