सोनु थापा मगर ,
बुटवल । २५९९ औं ल्होसार पर्वको पावन अबसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्,नगर समिति,तिलोत्तमा,रुपन्देहीले सोमबार भलवारी चोकमा विविध सांस्कृतिक कार्यक्रम तथा प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा समूहगततर्फ मधवलिया इकाई समिति प्रथम भएको छ । त्यस्तैं मक्रहर इकाई समिति द्धितीय,तमु म्हा–ङी ह्युल छोंज धीं भलवारी तृतीय र मक्रहर इकाई समितिले सान्त्वना स्थान हासिल गरेको छ ।यस्तैं एकलतर्फ भलवारीका दिपिका तमु प्रथम,टिकुलीगढका गुड्डी तमुद्धितीय,मक्रहरका अञ्जली तमु तृतीय र शंकरनगरका सलिना तमु सान्त्वना स्थान हासिल गरेकी छिन् । प्रतियोगितामा समुहगत विजयी प्रथम,द्धितीय,तृतीय र सान्वना स्थानहासिल गर्ने समुहले ७ हजार, ५ हजार, ३ हजार र ५ सय तथा एकलतर्फ प्रथम,द्धितीय,तृतीय र सान्वना स्थान हासिल गर्नेले १ हजार ५ सय, १ हजार, ५ सयर ३ सय नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा निर्णायकको भूमिका सुन्दर तमु , गायक धनबहादुर तमु र चर्चित नृत्यकार स्मृति तिमिल्सिनाले गरेकी थिईन । २५९९ औं ल्होसार पर्वको पावन अवसरमा आयोजित कार्यक्रम तमु भाषा तथा खेमा लिपी विकास समितिका केन्दि«य महासचिव तथा प्रशिक्षक भिम गुरुङको प्रमुख आतिथ्यता, नगर अध्यक्ष नरजंग गुरुङको सभापतित्व ,स्वागत मोहनसिङ्ग तमु र सचिव चित्र गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख बुद्धिराज तमु , तिलोत्तमा
नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम शर्मा , आदिवासी जनजाति जिल्ला समन्वय समिति रुपन्देहीका उपाध्यक्ष दिल बहादुर खाम्चा मगर , आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष सन्तराम चौधरी , समाजसेवी तथा नेता झम बहादुरगुरुङ्ग , समाजसेवी क्या. टेक बहादुर तमु , तमु ह्युल छोँजधी गुरुङ्ग राष्ट्रिय परिषद्का उपाध्यक्ष टेक बहादुर गुरुङ्ग , आदिवासी जनजाति महासंघ तिलोत्तमा नगर समितिका अध्यक्ष शंकर गाहा, नेपाल आदिवासी जनजाति पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष टेक मास्की राना , नेपाल मगर संघ तिलोत्तमा नगर समितिका अध्यक्ष प्रेम बहादुर थापा , भलवारी म्हाङी समितिका अध्यक्ष हुनसिरी तमु , विल प्रसाद तमु , भिक्षु सुर्य बहादुर तमु , चन्द्र बहादुर तमु , माधव भण्डारी ,भोजराज कंडेल , यानु माया पून , कुमार पून , दिपेश शाही , पदम तमु ,शेर बहादुर तमु , भीमराज तमु , गम्मरसिङ्ग तमु , धनप्रसाद तमु , वेम बहादुर तमु , बुद्धि बहादुर तमु , वीर बहादुर तमु , पूर्ण बहादुर तमु , सन्तोक तमु , ओम बहादुर तमु , जंग बहादुर तमु र तेज बहादुर तमु लगायतले बोलेका थिए । सांस्कृतिक कार्यक्रममा चर्चीत लोक गायिका शर्मिला तमु ,
गायक धन बहादुर तमु लगायतले आ–आफ्नो गीत प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन दिएका थिए ।
ल्होसारको अवसरमा सांस्कृतिक कार्यक्रम
Read Time:4 Minute, 16 Second
