mantri shivalal.mp3
राज्यसत्ता ब्युरो
काठमाण्डौ, पौष १५ – बिज्ञान तथा प्रबिधि मन्त्री शिवलाल थापाले जनताका हक र अधिकार स्थापित गर्न बर्तमान सरकारमा गएको बताउनुभएको छ । शहिद लखन थापामगरलाई प्रथम सहिद लखन थापामगर भनेर सरकारलाई घोषणा गर्न बाध्य पार्ने अगुवा मध्येका मन्त्री थापाले नेपालमा देखिएको बर्तमान समस्या बिस्तारै सहज बन्दै जाने बताउनुभयो ।

राज्यसत्ता डट,कमका निर्देशक हुम बहादुर थापा (पचभैया) र राज्यसत्ता प्रतिनिधि देब पचभैया संगको बिषेश अन्र्तबार्तामा मन्त्री शिवलाल थापाले बाध्यभएर राष्ट्रिय जनमुक्ति पार्टी छोडेर नया राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक ) नेपाल खोल्नुपरेको बताउनुभयो ।
नेपाल मगर संघका पुर्ब महासचिब समेत रहनुभएका मन्त्री थापाले बर्तमान संबिधानलाई संसोधन गरेर महिला, दलित,आदिबासी जनजाति, मधेस लगाएत पछि परेका क्षेत्र र समुदायका हक अधिकारलाई सुनिश्चि गर्नुपर्नेमा जोड दिनुभयो ।
सुनौ मन्त्री शिवलाल थापा संग देब पचभैयाले गर्नुभएको यो कुराकानी ।
(नोट : मन्त्री थापा संगको भिडियो अन्र्तबार्ता केही समय पछि हेर्न र सुन्न सक्नुहुनेछ । (नभुल्नुहोला )
