आज तमु ल्होसार मनाइँदै

Read Time:3 Minute, 12 Second

सोनु थापा मगर ,
बुटवल । आज पुष १५ विश्वभर तमुहरुले २५९९ औ तमु ल्होसार विविध कार्यक्रम सहित मनाउँदै छन् । तमु ह्युल छोँजधी गुरुङ्ग राष्ट्रिय परिषद् रुपन्देहीले पनि आज बुधबार बुटवल रामनगर बेश्क्याम्पमा रहेको महाज्ञान बौद्ध विहारमा २५९९ औं ल्होसार मुल समारोह मनाउदै छन् । कांग्रेस सभासद् धनराज गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने परिषद्का रुपन्देही जिल्ला अध्यक्ष सुर्जेलाल गुरुङ्गले जानकारी दिएका छन । ल्होसारको यस अबसरमा परिषद्ले विभिन्न कार्यक्रमहरु पनि सम्पन्न गरीसकेको छ ।यता तमु ल्होसारको पूर्वसन्ध्यामा तमु प्येलु संघ,बुटवल उपमहानगरपालिका समिति,बुटवलले मंगलबार बुटवलमा बृहत शान्ति ¥याली निकालेको छ । ३२,२६८ औं ल्होसारको अबसरमा संघले बुटवलमा ¥याली निकालेको हो । ¥यालीको एक भव्य कार्यक्रमबीच बुटवलको लखनचोक चौराहमा तमु प्येलु संघका केन्द्रीय अध्यक्ष क्या.रुपबहादुर तमुले रिबन काटेर उद्घाटन गरेका थिए । संघका केन्द्रीय अध्यक्ष तमुले उद्घाटन गरि शुरु भएको ¥याली बुटवलको मिलनचोक,नयां बसपार्क,ट्राफिकचोक,बि.पी.चोक पुरानो बसपार्क,पाखापानी,बेलवास,नयांगाउं हुंदैं बुटवल –१५ नयांगाउं पियांले भित्तामा पुगेर समापन भएको थियो । ¥याली समापन पश्चात आयोजित सभालाई सम्वोधन गदैं संघका केन्द्रीय अध्यक्ष तमुले भाषा,सस्कार र संस्कृति जगेर्नाका लागि गुरुङहरु आफै लाग्नुपर्नेमा जोड दिए । तमु ल्होसार गुरुङको मात्र चाड नभई सबै नेपालीको चाड भएको अध्यक्ष तमुले बताए । कार्यक्रममा संघका रुपन्देही उपाध्यक्ष क्या.खड्गबहादुर गुरुङले पनि बोलेका थिए भने कार्यक्रम नगर अध्यक्ष नन्दलाल तमुको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैबीच संघले आज बुधबार सोही स्थानमैं ३२,२६८ औं ल्होसार मुल समारोह गर्ने भएको छ । कार्यक्रमको आवश्यक सम्पूर्ण तयारी पुरा भएको नगर अध्यक्ष नन्दलाल तमुले जानकारी दिए । कार्यक्रम संघका केन्द्रीय अध्यक्ष क्या।रुपबहादुर तमुको प्रमुख आतिथ्यता र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालको विशिष्ट आतिथ्यतामा सम्पन्न हुंने संघले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %