रोजगारीकोलागि इजरायलमा रहेकी नेपाली भाषी चेली गोन्दा शेर्पाको उपचारको क्रममा निधन

Read Time:2 Minute, 57 Second

माया घले मगर ,इजरायल

रोजगारीको शिलशालामा विगत डेढ बर्षदेखि इजरायलमा रहेकी भारतिय पासपोर्ट वाहक नेपालीभाषी महिला गोन्दा शेर्पाको इजरायलको रामलामा रहेको आशाफा हा रोफे अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

इजरायल आएको केही महिनादेखि नै खराव स्वास्थ्यावस्थाका कारण वेरोजगार वन्न पुगेकी मृतक शेर्पा लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आइरहेकी थिइन । पछिल्लो पटक करिव १ महिनादेखि अस्पताल भर्नाभएकी शेर्पाको शनिबार राती करिब १ बजे मृत्युभएको जनाइएको छ् ।

डेढ बर्ष अघि तेलअभिव नजिकै रहेको बात याममा एक बृद्दको काम गर्ने भिसा लगाएर इजरायल आएकी २४ बर्षिय अविवाहित शेर्पा स्वासप्रश्वासको समस्याबाट ग्रसित भई कामबाट निकालिएकी थिइन भने त्यस लगत्तै पटक पटक काममा जाँदै फर्किदै गर्दा बेरोजगार बनेकी शेर्पालाई विरामी भएको कारणले तेलअभिवमा रहेको एउटा अपार्टमेन्टबाट समेत निकालिएको सहयोगी मुना खत्री लगायत पवित्रा ढकाल र जानकार साथीहरु वताउछन् । तत्पश्चात मृतक शेर्पा मुना खत्रीले संचालन गर्दै आएको अपार्टमेन्टमा बस्दै आइरहेकी थिइन् भने मुना खत्री, पवित्रा गौतम लगायतका साथीहरुको सहयोगमा नियमित उपचारको क्रममा रहेकी थिइन् ।

यसैबिच मृतक शेर्पाको निधनको विषयलाई लिएर विभिन्न सामाजिक सञ्जालहरुमा उनको अस्पतालको संघन कक्षमा उपचार गराइदै गरेका केही तस्विरहरुसहित गरिएका विभिन्न समाचार तथा पोस्टहरुप्रति मृतक शेर्पाको परिवारले आपत्ति जनाएका छन् । उनको परिवारले स्वास्थ्य उपचार र निधन जस्ता नितान्त व्यक्तिगत कुराहरुलाई आफूहरुको अनुमति विनै कहालीलाग्दा तस्विरहरु सहित व्यक्तिगत गोप्यताको समेत ख्याल नगरी समाचार तथा स्टाटसहरु सार्वजनिक भएको देख्दा आफूहरु थप मर्माहत भएको बताएका छन् ।

मृतक शेर्पाको पार्थिव शरिर हाल सोही अस्पतालमै रहेको बताउदै उनको सहयोगमा खटिएका उनका साथीहरुलाई अस्पतालले प्रक्रिया पुरा गर्नकोलागि आइतवार अस्पतालमा बोलाएको सहयोगी पवित्रा गौतमले जानकारी दीईन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %