देब पचभैया
पाल्पा, पौष ११
बिहान र बेलुकी मात्रै खुल्दै आएको पाल्पाको प्रसिद्ध रणउज्जेश्वरी भगवति मन्दिर आज देखि दिउसो पनि खुल्ने भएको छ । हरेक दिन बिहान ५ देखि १० बजे सम्म संचालन हुदै आएको भगवती मन्दिर शनिबार देखि दिउसो १ बजे देखि ४ बजे सम्म खुल्ने मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए ।

श्रद्धालु भतmजन, आन्तरिक र बाह्य पर्यटकहरुको अत्यधिक माग भएकाले समितिको बैठक बसेर दिउसो पनि मन्दिर खुल्ने निर्णय गरिएको उदयको भनाई छ ।
नेपालले अ्रग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसियालीमा तत्कालीन कर्णेल उजिर सिंह थापा मगरले १९७७ मा मन्दिरको स्थापना गरेका हुन् ।
अंग्रेज संगको युद्धमा जानु अघि प्रशासक उजिर सिंह थापामगरले युद्धमा विजयी भएमा तानसेनमा भगवतीको ठुलो मन्दिर बनाउने र प्रत्येक वर्ष बिजय जात्रा संचालन गरेर भगवतिको महिमा फैलाउने भाकल गरेको इतिहासमा उल्लेख गरिएको छ । सोहि अनुरुप शक्तिशाली अग्रेजलाई युद्धमा सजिलै हराएपछि १८७६ देखि हरेक बर्ष रथजात्रा पनि मनाईदै आएको छ ।
