१० पुस । नेपाल मगर संघ बुटवल उपमहानगरपालिका समितिले बुटवलमा पितृ बाजे–बज्यै) पुजा सम्पन्न गरेको छ । सदाझैं मंसिर पूर्णिमाको दिन संघले पितृ पुजा गरेको हो ।

बुटवल ९ दिपनगर स्थित बाजेबज्यै थानमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल मगर संघका लुम्विनी अञ्चल सदस् होम बहादुर गलामीले मगर सस्कृतिको संरक्षणका लागि एकजुट हुनुपर्ने बताए । उहाले अधिकारको लागि राजनैतिक क्रान्ति सहीत आर्थिक क्रान्तिको समेत आवश्यक रहेको बताए । गलामीले विचार फरक भएपनि भाषा, संस्कृति र अधिकारको लागि एकजुट हुनुको कुनै विकल्प नभएकोमा जोड दिए । मगरहरुको भाषाउहाँले मगरहरुको भाषा, सस्कृति, संस्कार र परम्परा लोप हुँदै गएको भन्दै संरक्षणका लागि युवा पुस्तामा समेत सचेतनाको आवश्यकतामा जोड दिए । कार्यक्रममा समाजसेवी गोपाल राना, नेपाल विद्यार्थी संघका नेता प्रकाश राना, महिला नेतृ कमला थापा, इञ्जिनियर एंव संघका सल्लाहाकार गमप्रसाद रेस्मी मगर, गोपाल राना, जनक थापा लगायतले बोल्दै भाषा सस्कृतिको संरक्षणमा जुट्न आग्रह गरे । कार्यक्रममा वडा स्तरीय सांस्कृतिक कार्यक्रम पनि राखिएको सचिव रानाले बताए । कार्यक्रम बुटवल नगर उपाध्यक्ष गोपाल चौहान मगरको अध्यक्षता, महिला महिला संघका नगरउपाध्यक्ष ओमी पुनको स्वागत एंव सचिव मनोज रानाको सञ्चालन सम्पन्न भएको थियो ।
